एजेन्सी । पछिल्लो मिसाइल आक्रमणबारे चौतर्फी निन्दा भइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ उनले देशको परमाणु कार्यक्रम कुनै हालतमा पूरा गरेरै छाड्ने बताएका छन् ।

उनले यो कार्यक्रमको मुख्य उद्देश्य अमेरिकी सेनासँग आफ्नो देशको सन्तुलन कायम गर्नु रहेको खुलासा पनि गरे । ‘शक्तिशाली भनिएका देशलाई अनेकौं प्रतिबन्ध र बाधा अड्चनका बाबजुद हामीले कसरी आफ्नो परमाणु कार्यक्रमलाई पूरा गर्यौं भन्ने कुरा देखाउनु छ’ उत्तर कोरियाली समाचार संस्था केसिएनएसँगको कुराकानीमा किमले भने ‘हाम्रो मुख्य उद्देश्य अमेरिकी फौजसँग लड्नका लागि आफ्नो सन्तुलन बनाउनु हो ताकि अमेरिकी शासकले हामीविरुद्ध सैन्य कारावहीबारे सोच्नेसम्म पनि आँट गर्न नसकोस् ।’

विश्वब्यापी आलोचनाका बीच उत्तरले मिसाइल परीक्षण जारी राखेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरिया विरुद्ध नयाँ प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै अमेरिकालाई खरानी बनाईदिने र जापानलाई डुबाइदिने धम्की दिएकाडे उत्तर कोरियाले हिजो जापानलाई लक्षित गर्दै मिसाइल हानेको थियो ।