पञ्चामृत अर्थात पाँच अमृत वा पाँच पवित्र वस्तुबाट बनेको पदार्थ। यो मिश्रण, दुध, दही , घ्यु, चिनी र मह मिलाएर बनाइएको हुन्छ। कुनै पनि पुजापाठ पश्चात प्रसादको रुपमा यसको ज्यादै महत्व छ। यो पिउँदा सकारात्मक भाव पैदा हुन्छ र यो स्वास्थ्यसंग जोडिएको विषय पनि हो।

पञ्चामृतको धार्मिक महत्व

१. दुध – पो पञ्चामृतको प्रथम भाग हो। यो शुभको प्रतीक हो। अर्थात हाम्रो जीवन दुध झै निष्कलंक हुनुपर्दछ।
. दही – दहीले अन्यलाई पनि आफुजस्तै बनाउँछ। अर्थात निष्कंलक सद्गुण आफुमा आएपछि अन्यलाई पनि आफुजस्तै बनाउनुस्।
. घ्यु – यो स्नेह र प्रेमको प्रतिक हो। सबैसंग प्रेमपूर्ण भाव राख्नुस्।
. मह – यो शक्तिको प्रतिक हो। तन र मनबाट शक्तिशाली व्यक्तिले नै सफलता पाउँनसक्छ।
. चिनी – यसमा मिठास हुन्छ। अर्थात जीवनमा हरेक तवरले मिठास ल्याउँनुस्।

लाभ

. पञ्चामृतको सेवनले शरीरलाई स्वस्थ राख्छ।
पञ्चामृतको सेवन थौरै मात्रामा गर्नुपर्छ, जस्तो कि प्रसाद झै १-२ चम्मा मात्र।
. यसमा तुलसीको एउटा पात राखेर दैनिक सेवन गर्दा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ। जुन धेरै हदसम्म सत्यपनि सावित भएको छ।
. पञ्चामृतको सेवनले संक्रामक रोगबाट बचाउँछ। साथै यसले रोग प्रतिरोध क्षमता बढाउँछ।
. यसले छालाको चमक बढाउँछ, मुलायम बनाउँछ।

ध्यान राख्नु पर्ने कुराः

. पञ्चामृत जुन दिन बनाइन्छ त्यही दिन नै खानुस्। आज बनाएको पञ्चामृत भोलीको लागि नराख्नुस्।
. पञ्चामृत ग्रहण गर्दा दाहिने हातले गर्नुस्। यो क्रममा आफ्नो बाँया हात दाँया हातको तल राखेर ग्रहण गर्नुस।
. पञ्चामृत ग्रहण गर्नपूर्व शिरमा लगाउनुस्, अनि ग्रहण गर्नुस्। ग्रहण पश्चात फेरी शिरमा नलगाउनुस्।
. पञ्चामृत दिदाँ सधैँ चाँदीको पात्रबाट दिनुपर्दछ। चाँदीमा राखिएको पञ्चामृत शुद्ध हुने भएकाले यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
. पञ्चामृतमा तुलसीको पत्ता राखेर खाँदा बुद्धि बढ्छ।