१० असार, भीमदत्तनगर ।

पुर्ब प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक चुनाव सारेर सरकारले राजनितीक अस्थिरता फैलाएको आरोप लगाउनु भएको छ । नेकपा एमाले भीमदत्त नगरपालिकाले आयोजना गरेको चुनाबसी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

स्थानिय तहको निर्वाचन एकै चरणमा गर्न सकिने अवस्था हुँदाहुँदै पनि सरकारले चुनाव नगराएको नेता नेपालको आरोप रहको छ । एमालेको पटक पटकको दबाबले स्थानिय तहको चुनाव सम्भव भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले २ नंं. प्रदेशको चुनाव सारेर अस्थिरता सृजना गरेको बताएका छन ।

एमालेकै दबाबले समयमै संबिधान निर्माण भएको भन्दै विकास निर्माणका थुप्रै योजना एमालेले अघि सारेको बताएका छन । माओवादी र कांग्रेसले दोस्रो चरणको निर्वाचन पनि नचाहेको तर एमालेको दबाबका कारण गर्न बाध्य भएको उनको भनाइ रहेको थियो । पहिलो चरणको निर्वाचनले नै एमालेले एक्लैले जीत्नसक्छ भन्ने सन्देश दिएको भन्दै सात नम्बर प्रदेशमा समेत एमालेलाई जिताउन जनताहरुलाई अपील गरे ।