६ असोज, कलैया । पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।

संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिए । उनको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता छन । उनले दुई हजार ५३७ मत प्राप्त गरेका छन ।

त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी ईन्दुकुमारी साह विजयी भएकी छन । उनले दुई हजार ५४६ मत प्राप्त गरेकी छन भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गरेकी छन ।

त्यसैगरी निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएको छ भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का रहेको छ ।

खड्काले छ हजार ८१८ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने एमालेकी लीला खनाल ६ हजार ८१२ मत प्राप्त विजयी भएका छन । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तान ६ हजार ३७६ मत प्राप्त गरेको थियो । १३ वटा वडा रहेको सो नगरपालिकामा एमाले आठ वडा र नेपाली काँग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए ।