केही सेलेव्रटी छन् जसले आफुभन्दा जेठी महिलासंग विहे गरेर घरवार बसालेका छन् । हेर्नुस् कुनकुन स्टार आफ्नो पत्निभन्दा कान्छा छन् ।

१. क्रिकेट क्षेत्रका भगवान मानिने सचिन तेन्दुल्कर ४४ वर्ष पुगिसकेका छन् । सचिनले आफुभन्दा ठुलो उमेरकी महिलासंग विहे गरेका थिए । पत्नि अन्जली सचिनभन्दा ६ वर्ष जेठी छिन् ।

२. अभिनेता सेफअली खान र अभिनेत्री अमृता सिंहले सन् १९९१ मा विवाह गरेका थिए । दुवैको उमेरमा लगभग १२ वर्षको फरक छ । विहे गरेको १३ वर्षपछि सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरेका थिए । सेफले अर्को विहे सन् २०१२ मा अभिनेत्री करिना कपुरसंग गरेका छन् ।
३. अभिनेता कुनाल खेमले र अभिनेत्री सोहा अली खानसंग सन् २०१५ मा विहे गरेका थिए । उनी आफ्नी पत्नि भन्दा ५ वर्ष कान्छा छन् ।
Abhisek with Ais 1४. अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले सन् २००७ मा विहे गरेका थिए । अभिषेक ऐश्वर्या भन्दा २ वर्ष कान्छा छन् ।
५. अभिनेता फरहान अख्तर खानले सन् २००० मा अधुनासंग विवाह गरेका थिए । उनी पत्निभन्दा ६ वर्ष कान्छा छन् । हाल दुवै अलग भइसकेका छन् ।

६. अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र पनि उमेरले उनीभन्दा ३ महिना कान्छा छन् । दुवैको विहे सन् २००९ मा भएको थियो । दुवैको एक छोरा समेत छ ।
७. फिल्ममेकर शिरिष कुन्द्र पनि आफ्नी पत्नि तथा कोरियोग्राफर फराह खानभन्दा ६ वर्ष कान्छा छन् । दुवैको विहे सन् २००४ मा भएको थियो । दुवैका तिन जुम्ल्याहा सन्तान छन् ।

८. अभिनेता अर्जुन रामपाल पनि आफ्नी पत्नि मेहरभन्दा २ वर्ष कान्छा छन् । दुवैले सन् १९९८ मा विवाह गरेका थिए ।
९. अभिनेता आदित्य पन्चोलीले आफुभन्दा ६ वर्ष जेठी जरिना वहावसंग विहे गरेका थिए । दुवैका दुई सन्तान समेत रहेका छन् ।
१०. अभिनेता इमरान खानले सन् २०११ मा अवन्तिाकासंग विहे गरेका थिए । इमरान पनि आफ्नी पत्निभन्दा कान्छा छन् ।