१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका छन ।

यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको नियमित जाँचका लागि अध्यक्ष दाहाल गत बुधबार थाइल्याण्ड गएका थिए ।

लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षण गरी आज दाहाल स्वदेश फर्किएको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहाल फर्किएलगत्तै अब मन्त्रिमण्डल विस्तारलगायतका विषयले पूर्णता पाउने अपेक्षा गरिएको छ ।