४ भदौ, काठमाडौं ।

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ । यसका लागि आज मनोयन दर्ता भएको छ ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार महासंघको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइराला र भावना विद्रोहीले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्षमा दीपक पाठक मात्रिका पौडेल र विपुल पोख्रेल गरी तीन जनाको दाबेदारी परको छ । त्यस्तै, महाचिवमा बालकृष्ण बस्नेत र रमेश विष्ट मैदानमा उत्रने छन् ।

यस्तै सचिव खुल्लामा दीपेन्द्र कुँवर, भुपराज खड्का, रामप्रसाद दाहाल र रुद्रप्रसाद भट्टको उम्मेदवारी परेको छ । सचिव महिलामा लक्ष्मी पुन र सुष्मा पौडेल, आदिवासी जनजातीमा उदय जी एम र सिद्धराज राई, मधेशी सचिवमा अतिश कुमार मिश्र र शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ ।

यस्तै सचिव दलित तर्फ रेम बहादुर विश्वकर्मा र हेमकर्ण विक, सचिव एशोसिएटमा प्रकाश थापा र महेन्द्र भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा खगेन्द्र पन्त र राजेश मिश्र तथा लेखा समिति संयोजकमा रामहरि सिलवाल र रोशन पुरीको उम्मेदवारी परेको छ ।

प्रत्येक तीन÷तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधि सहभागी हुनेछन् ।

महासंघको नयाँ नेतृत्वका लागि मुख्य गरी २ वटा प्यानलबिच प्रतिस्पर्धा हुने देखिएको छ । तिर्थ कोइरालाको नेतृत्वमा नेकपा एमाले निकट प्रेस चौतारीले प्यानल खडा गरेको छ भने नेपाली काँग्रेस निटक प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरलगायतले गोविन्द आचार्यको नेतृत्वमा प्यानल बनाएर चुनावि प्रतिस्पर्धामा उत्रँदैछन् ।