२९ चैत, टोकियो, (जापान) । पत्रकार महासङ्घ जापानमा सोमबार भएको निर्वाचनमा मोहन घले अध्यक्षमा निर्वाचित भएका छन ।

घलेले बेलुकाजी थापालाई पराजित गरेका हुन । त्यसैगरी उपाध्यक्षमा विनोदकुमार सापकोटा र पूर्णबहादुर चलाउने निर्वाचित भएका छन । कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः राजविन थापा, ऋतुकुमार दुरा र कुमार मोक्तान निर्विरोध चयन भएका छन ।

त्यस्तै छ सदस्यमा आनन्द कोइराला, निशान मगर, मुक्ति सुवेदी, रमेश श्रीषमगर, शान्त पहरी, सङ्गीता कुवँर र रवीन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले बधाई तथा शुभकामना दिए । विजयी भएका घलेको नेतृत्वले आपसी सहकार्यमा अघि बढ्ने बताए ।रासस