२७ पुस, काठमाडौं । सरकारले बर्खास्त गरेका राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अझै आफूलाई हटाइएको पत्र प्राप्त नभएको बताएका छन् ।

मन्त्रीपरिषद बैठक: पुनर्निर्माण प्राधिकरणको प्रमुखमा पोखरेल

आजको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई हटाएर डाक्टर गोबिन्द पोख्रेललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । ज्ञवालीका प्रेस संयोजक भुवन केसीले सरकारले हटाउने निर्णय गरेपनि औपचारिक पत्रको प्रतिक्षामा रहेको बताए । उनले भने,‘चिठीमा लेखिने भाषाको आधारमा औपचारिक धारणा आउँछ ।’

सार्वजनिक विदा पुनरावलोकन गरिने

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह–प्रवक्ता चिरञ्जिवी पौडेलले मन्त्रीपरिष्दले गरेको निर्णय छिट्टै कार्यान्वय हुने बताए । यसैबीच नवनियुक्त कार्यकारी अधिकृत पोख्रेलले आफू सिंहदरबार जाँदै गरेको बताएका छन् । नेपाली हेडलाइन्ससँगको कुराकानीमा पोख्रेलले आफू प्रधानमन्त्री कार्यालय जाँदै गरेको बताए । उनी नियुक्तीको पत्र बुझ्न जान लागेका हुन् ।