१४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको पत्रको विषयमा बालुवाटार बैठकमा समेत चर्का चर्की परेको छ ।

अवज्ञा गरेको भन्दै किम जोङ उनले दिए मन्त्रीलाई फाँसी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको ३ दलका शीर्ष नेताको बैठकमा भीम रावलले उक्त पत्रको कुरा उठाएपछि भीम रावल र प्रचण्डका विशेष दुत बनेर भारत गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीबीच चर्काचर्की परेको बताइएको छ ।

Bhim rawal siting

फाइल तस्बिर

भीम रावलले २ छिमेकी देशमा विशेष दुत पठाएर प्रचण्डले आन्तरिक हस्क्षेप निम्ताएको भन्दै आपत्ति जनाएपछि अनावश्यक अतिरञ्जना नगर्न विमलेन्द्रले सचेत गराएका थिए ।

पत्रको कुराबाट शुरु भएको झगडा ब्यक्तिगत मामलामा पुगेपछि झण्डै हात हालको अवस्था आएको समेत एक नेताले नाम नबताउने शर्तमा हेडलाइन्सलाई बताए । श्रोतका अुनसार निधीले रावललाई ठूला कुरा नगर्न सम्झाएका थिए भने रावलले विदेशीहरुसँग सेटिङ मिलाउँदै हिँडेको आरोप निधीलाई लगाएका थिए ।

पाकिस्तानको युद्धक विमान भारत घुस्यो, सीमा सुरक्षा बलमा हलचल

यस अघि संसदमा बोल्दै प्रचण्डका विशेष दुत बनेर भारत गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्ध्र निधीले पनि आफूले लगेको पत्रमा आफूलाई विशेष दुत बनाएको जानकारी मात्र बनाएको रहेको भन्दै अनावश्यक प्रचारवाजी नगर्न आग्रह गरेका थिए ।

bimalendra nidhi

एमालेले प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई नेपालको आन्तरिक मामला बारे पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरिसकेको छ । स्थायी समिति बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा एमालेले छिमेकी मुलुकसँग कायम भएको सन्तुलित सम्बन्धनलाई पुन असन्तुलित बनाउने जागेको स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन भन्ने छाप पारेर मुलुकको शीर निहुरिने अवस्थाको सृजना गर्न सरकारका गतिविधि उद्यत रहेको आरोप पनि लगाएको थियो ।

भारत जानु अघी विज्ञसँग राय लिन्छु, फाष्ट ट्र्याक विदेशीलाई दिने होइन- प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा प्रम निवास बालुवाटारमा बोलाइएको बैठकमा बैठकमा स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक लगायतका विषयमा छलफल भएको जानकारी नेताहरुले दिएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली विदेशमा रहेकाले काँग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट कार्यवाहक अध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका थिए ।

सरकारले आगामी चैत भित्र स्थानीय तहको चुनाव गर्ने बताएपनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनप्रति दलहरु असन्तुष्ट छन् ।

प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि छलफल भएको  प्रधामन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए । प्रधानमन्त्री प्रचण्डले भदौ ३० गतेदेखि भारतको चार दिने भ्रमण गर्दै छन् ।