पत्रिकामा पोको पारेर समोसा, चटपटे, सुख्खा तरकारी अनि अचारलगायत खानेकुराहरु खाने गर्नुहुन्छ भने सावधान हुनुस्। पत्रिकाले प्रयोग गर्ने मसीमा कयौँ यस्ता बाटोएक्टिभ मटेरियल्सहरु हुन्छन् जुन शरिरभित्र छिरे स्वास्थ्यमा नकारात्मक असर पुग्छ।

मसिमा प्रयोग हुने केमिकल शरिरमा छिर्दा फोक्सोको क्यान्सरको सम्भावना बढ्छ।

साथै शरिरको हर्मोनहरु असन्तुलित गर्छ।

पत्रिका पढ्दा अनेकौका हातका व्याक्टेरिया यसमा सरेका हुन्छन् त्यसैमा राखेको खाँदा थुप्रै सरुवा रोग सर्ने खतरा हुन्छ।

पाचनमा पनि यसले समस्या निम्त्याउँछ। साथै यसले महिलाको प्रजननशक्तिमा कमी ल्याउँछ।