नौ बर्षपछि भएको कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका नैनसिंह महरले आफ्नो कार्यदलमा दस वटा योजना अगाडि सारेका छन् । शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगति हटाउनको लागि भूमिका खेल्ने योजना बनाएको अध्यक्ष महर दुई बर्षको कार्यदलमा कार्यतालिका नै बनाएर काम गर्ने योजनामा रहेका छन् ।

यो पनि हेर्नुस्ः ज्ञानेन्द्रले विज्ञप्ति निकाल्दै भने- उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद

नेविसंघभित्र रहेको गुटबन्दीको अन्त्य गर्दै शिक्षाका साझा मुद्दाहरुमा अन्य विद्यार्थी संघ संगठनहरुसँग पनि सहकार्य गरेर अगाडि जाने योजना सुनाउदै अध्यक्ष महरले भने,‘अब कुरा गर्ने बेला भन्दा पनि काम गर्नु पर्ने समम आएको छ, कार्यतालिका बनाएरै परिणामकै काम देखाउछु ।’ नेविसंघभित्र देखिएको गुटबन्दी, आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत रहेरे नेविसंघका अध्यक्ष नैनसिंह महरसँग नेपाली हेडलाइन्सले गरेको कुराकानीमा आधारित फिचरः

नैनसिंह महर

निजीकरणले गञ्जागोल पार्दैछ समाज
निजीकरणले समाजलाई पुरै गञ्जागोल पादै छ । यसलाई निणयन्त्रण गर्नु आजको आवश्यता हो । अहिले नीजिकरणको पुरै विरुद्धमा जान सक्ने अवस्था छैन् । राज्यसँग त्यत्रो सामाथ्र्य छैन् । प्रारम्भिक बाल विकासमा हामीले ध्यान दिन सकेका छैनौ । विश्वविद्यालयमा आएर गुणस्तरीय विद्यार्थी उत्पादनको कल्पना गछौ । यो सम्भव छैन् । शहरी क्षेत्रमा बाहेक ग्रामिण क्षेत्रमाा अझै पनि शिक्षाको पहुँच पुग्न सकेको छैन् । शिक्षाको पहुँच ग्रामिण क्षेत्रसम्म पुर्याउनु पर्छ । बालविकासदेखि प्रारम्भिक शिक्षा, जीवन उपयोगी शिक्षा नैतिकमा आधारित शिक्षा प्रदान गर्नुपर्छ । अहिले नैतिकको ठूलो ह्रास आएको छ । डाक्टर, इन्जिनीयर पाइलट सबै क्षेत्रमा नैतिकताको ह्रास आएको छ । यो निकै विडम्बना हो ।

सबैले पढनु पर्ने के जरुरी छ ?
अहिले युनिर्भसिटीको शिक्षामा पनि समस्या छ । सबैले युनिर्भसिटीको शिक्षा नपढे के हुन्छ ? सबैले बढनु पर्ने के जरुरी छ ? एमएसम्म आमा बुबाले खेतवारी बेचेर पढाउछन । मास्टर्स पास गरेपछि जागिर पाउदैन । त्यो शिक्षाले के काम लाग्यो ? कम्तिमा अहिले १२ बर्षसम्म प्राविधिक शिक्षा पढाउनु पर्छ । प्राविधिक र व्यवहारिक शिक्षाको सुरुवात नहुने हो भने अझै समस्या थपिदै जान्छ ।

लठैत नियुक्त अब हुन सक्दैन
युनिर्भसिटीमा भिसी र पदाधिकारीहरु नियुक्त गर्दा जसरी सरकारमा भएको पार्टीले ठाडो आदेशमा नियुक्त गरिदै आएको छ । यो निकै गैर जिम्मेवार काम हुँदै आएको छ । अब योग कु प्रथा हटाउनु पर्छ । अब यो अवस्था हुँदैन । एउटा जिएम बनाउन उसको प्रस्तावना हेर्ने तर युनिर्भसिटीजस्तो प्राज्ञिक ठाउँमा आउने पदाधिकारीले आगामी दिनमा विश्वविद्यालय कस्तो बनाउने भन्ने केही हेर्नु पर्दैन ? भिसिले योजना र कार्यक्रम विना नै हचुवाको भरमा नियुक्त गर्ने परम्परा अब बन्द हुन्छ । त्यसको नेतृत्व नेविसघंले गर्छ ।

विद्यालयमा संघ संगठन बन्द गर्नुपर्छ
लामो समयदेखि रहेको अर्को रोग हो विद्यालयमा खुलेका विभिन्न विद्यार्थी संघ संगठनहरु हुन् । अबदेखि विद्यालय शिक्षामा रानजीतिक संघ संगठन बन्द गर्नुपर्छ । किनकी यसले स्कुलको पढाइ विग्रियो । पढाउने शिक्षकहरु पनि इमान्दार भएनन । पढाउनको सट्टा पार्टीको झण्डा समातेर हिडन थाले । अब विश्वविद्यालयको पदाधिकारीदेखि लिएर अन्य नियुक्ति गर्दा राजनीतिक भागबण्डाले गर्नु हुँदैन । यो परम्परा बन्द गर्नुपर्छ । समाज परिवर्तन र शिक्षा प्राणाली सुधारको सबालमा कुनै नेता र सरकारलाई घाटा हुने भो भने पनि हामी पार्टीले भनेको मान्दैनौ । हामी हाम्रो क्रियाकलाप अगाडि बढाउछौ । पदबाट निकाल्ने अवस्था आयो भने पनि हामी सहन तयार छौं ।

पार्टीको के कुरा गुट घरबाटै जन्मिन्छ
गुट भनेको परिवारबाट जन्मिन्छ । कान्छोले आमालाई मन पराउछ । जेठाले बाबुलाई मन पराउछ । चुनावमा हामी समुह बनाएर गएपछि त्यसको व्यवस्थापन कसरी गर्ने ? जित्नेले महत्कांक्षी र अहंकार नराख्ने हार्नेले कुष्ठा नपाल्ने हो । मैले पार्टीलाई भनेको छु,कोही पनि नडराउदा हुन्छ । म गुटबन्दी गर्ने पक्षमा छैन । गुटबन्दी गरेको उदाहरण दिनुहोस म राजिनामा दिन तयार छु । मैले संगठनको लागि राम्रो गर्ने हो । गुप्रको कुरा म मिलाउन सक्छु । मसँग प्रतिस्पर्धा गर्नु भएको मनोजमणि आचार्यजी सँगै काम गरेको मित्र हो । हामी सँगै मिलेर काम छौ । आगामी दिनमा अगाडि बढनको लागि कार्यतालिका बनाएरै काम गछौं ।

अबको दुई महिनाभित्रमा महाधिवेनको घोषणा
अब दुई महिनाभित्र महाधिवेशनको महिनासम्म घोषणा गछौ । अब कुर्नु पदैन । विधानमा ननि स्पष्ट भइसकेको छ । महाधिवेशन नभए दुई बर्षमा स्वतः विघटन हुनेछ । त्यसैले हामीले अबको दुई महिनाभित्र मिति समेत घोषणा गछौ र तोकिएकै समयमा नेविसघंको महाधिवेन सम्पन्न गछौ ।

आगामी दिनमा मेरो १० योजना
माध्यमिक तहसम्म विद्यार्थी राजनीतिलाई प्रश्रय दिने परम्पराको अन्त्य गर्न पहल गर्छु । युनिर्भसिटीको नियुक्त भागवण्डाको आधारमा होइन प्रस्तावनाको आधारमा गर्ने परिपार्टी बसाल्न भूमिका खेल्छु । माफियाकरणतिर जान लागेको शिक्षालाई रोक्न योजनाबद्ध रुपमाा अगाडि बढछौ । भ्रष्टचारमुक्त शैक्षिक प्रशासन, दुव्र्यसनमुक्त स्कुल कलेज बनाउन अभियान चलाउँछौ । विद्यार्थी युनियनको नियमित निर्वाचन गर्न भूमिका खेल्छु । समाज रुपान्तरण रुपान्तरणमा पनि नेविसंघलाई परिचालन गर्छु । संविधान कार्यान्वयन गर्न भूमिका खेल्छौ । विश्वव्यापी रुपमा रहेका विद्यार्थी संगठनहरुसँग सम्बन्ध बलियो बनाउन भूमिका खेल्छु । विद्यार्थी कल्याणकारी कोषको स्थापना गरेर अगाडि बढ्ने योजना बनाएको छु । प्रविधियुक्त व्यवहारिक शिक्षामा सबैको पहुँचको विषयमा कुरा गछौ । सात वटै प्रदेशमा सरकारी तहबाटै मेडिकल कलेज, कृषि क्याम्पस प्राविधिक विश्वविद्यालयजस्ता संस्था खोलेर त्यहाँका जनताको महंगो शिक्षा हटाउन पहल गर्छु । राज्यको कानुन नमान्ने नीजि क्षेत्रको स्कुलहरुदेखि लिएर शैक्षिक क्षेत्रमा महंगो शुल्क लिने परम्पारलाई नियन्त्रण गर्न भूमिका खेल्छु ।

यो पनि हेर्नुस्

यसकारण भयो गगन थापाको नाम मन्त्री सूचीबाट आउट