२७ माघ, काठमाडौं । पपुवान्यूगिनी सरकारले एक नेपालीलाई आज विहान देश निकाला गरेको छ । एक जना भागेका छन् ।

मानुस द्विप स्थित एक अष्ट्रेलियन शिविरमा शरण लिन पुगेका उनीहरुलाई स्थानीय प्रहरीले देश निकाला गरेको हो । भागेका एक जना लुकुछिपी बस्न सक्ने भन्दै प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

पाँच जनालाई गत हप्ता त्यसैगरी देश निकाला गरिएको र अझै त्यहाँ १२ नेपाली रहेको हुन सक्ने प्रहरीलाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्जियनले समाचार लेखेको छ । उनीहरु त्यहाँबाट अष्ट्रेलिया प्रवेश गर्ने दाउमा रहेको बताइएको छ ।एक नेपाली सँगै ६० जनालाई निकाला गरिएको हो ।