pampha bhusal३२ साउन,काठमाडौ। नेकपा–माओवादीले पार्टी प्रवक्ता परिवर्तन गर्न लागेको भन्ने हल्ला निराधार भएको स्पष्ट गरेको छ । माओवादी अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आज एक संयुक्त विज्ञप्ती प्रकाशित गरी प्रवक्ता परिवर्तनको कुरा प्रायोजित र भ्रमपूर्ण प्रचार भएको बताएका हुन ।

पार्टीका दुइजना शीर्ष नेताले विज्ञप्ती मार्फत राष्टिय स्वाधिनता र परिवर्तनको लडाइमा सक्रिय पार्टीको नेतृत्वको चरित्रहत्या गरेर क्रान्तिकारी पार्टीलाइ कमजोर बनाउने गुरुयोजना अन्तरगत दुष्प्रचार गरिएको जनाएका हुन ।

अध्यक्ष बैद्य र महासचिव थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘देशको शसक्त विकल्पको रुपमा खडा भएको हाम्रो पार्टीलाइ षडयन्त्रकारी ढंगले कमजोर पार्न सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो दिवालियापन हो ।’

पार्टी प्रवक्ता परिवर्तन गर्न लागिएको भन्ने दुश्प्रचारको भ्रममा नपर्न माओवादीले पार्टी कार्यकर्तालाइ आग्रह गरेको छ । यसअघि माओवादीकै असन्तुष्ट पक्षको आग्रहमा पम्फा भुसाललाइ पार्टी प्रवक्तावाट हटाउन लागिएका सूचना प्रवाह भएका थिए ।

पछिल्ला दिनमा नक्कली इमेलवाट प्रेषित समाचारमा भुसालको ठाउमा खड्गबहादुर बिकलाइ प्रवक्ताको जिम्मेवारी दिइएको उल्लेख छ । यसअघि स्वंय प्रवक्ता भुसालले विज्ञप्ती मार्फत खण्डन गरेपनि आज पार्टी अध्यक्ष बैद्य र महासचिव थापाले खण्डान गरेका हुन ।