३१ चैत, एजेन्सी।

तीन महिनापछि पहिलो पटक रुसले आफ्नो परमाणु क्षमाता सम्पन्न ‘बियर’ बमर जापान नजिक उडाएको बुधबार अमेरिकी अधिकारीहरुले बताएका छन्।

क्षेत्रमा बढ्दो तनावकाबीच ३ वटा Tu-95 बमर रुसको पूर्वी बेसबाट जापान सागरमा उडेको र अन्तराष्ट्रिय वायु क्षेत्रबाहिर नगएको अमेरिकी अधिकारीहरुले बताएका हुन।

रुसले बमर विमान उडाएर ‘स्पष्ट रुपमा सन्देश प्रवाह गर्न चाहेको’ अमेरिकी अधिकारीहरुले मानेका छन्।

रुसले बमर विमान जापानको सिमा नजिक ल्याएपछि जापानले १४ फाइटर विमान र गुप्तचर विमान तयार राखेको बताइएको छ।

रुसी बमर विमान जापानबाट ३६ माइल नजिकसम्म आइपुगेको थियो तर अन्तराष्ट्रिय वायु क्षेत्र भने उल्लंघन नगरेको बताइएको छ।

रुसको लङ्ग रेन्जको तीन बमर विमान संगै IL-20 गुप्तचर विमान पनि रहको बताएको छ।

रुसले जापानको पूर्वी तटमा तीन बमर विमान र पश्चिमी तटमा गुप्तचर विमान उडाएको थियो।

अमेरिकाको डिस्ट्रोयर ‘युएसएस ब्यारी’ले जापान सागरबाट सो गुप्तचर विमान ट्र्याक गरेको थियो।

अमेरिकाका सेक्रेटरी अफ स्टेट रेक्स टिलरसनले रुस भ्रमण गरेकै समयमा रुसले जापानमा यस्तो बमर विमान पठाएर उक्साउन खोजेको हो। ट्रम्पले कार्यालय सम्हालेपछि अमेरिकी अधिकारीको यो पहिलो रुस भ्रमण हो।

यहि वर्षको जनवरीमा पनि दुइ रुसी बमर विमान जापानमा यसरी नै उडेका थिए।