१५ असार, काठमाडौं ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

यसअघि बसेको परिषदको बैठकमा पराजुलीका बारेमा थप अध्ययन गर्नु पर्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक हप्ताको समय मागपछि सिफारिस हुन सकेको थिएन ।

अव उनको संसदीय सुनुवाई पछि नियक्ति हुनेछ । अहिलेसम्म संसदीय सुनुवाई कसैको नाम पनि अस्वीकार नभएकाले पराजुली नै प्रधानन्यायाधीह हुने पक्का जस्तै छ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि पराजुलीलाई राष्ट्रपतिले नियुक्त गर्नेछिन ।

प्रधानन्यायाधीश सुशीला कार्कीले उमेरहदका कारण जेठ २४ गते अनिवार्य अवकास लिएपनि पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन् ।