आर्दश सम्बन्धको हाम्रा आ-आफ्नै कल्पना अनि योजना होलान। तर सामाजिक परिस्थिति यस्तो छ कि कुनै केटा वा केटीलाई कुनै विशेष तरिकाले व्यवहार गर्न बाध्य हुनुपर्दछ। चाहे त्यो साथीहरु बीच बस्दा होस् या परिवारसंग रहँदा, सम्बन्धमा रहेको जोडीको व्यवहार वातावरण अनुकुल हुनु जरुरी मानिन्छ। तर यस्ता हर्कत भइदिहाल्छ कि पछि पछुतो लाग्छ। यदि तपाइ आदर्श व्वाइफ्रेन्ड वा पति बन्न चाहनुहुन्छ भने यी कुरामा ध्यान पुर्याउनु पर्दछ।

उनको साथीलाई प्रतिस्पर्धी जस्तो व्यवहार नगर्नुस्

प्रेमले व्यक्तिलाई पोजेसिभ बनाउन सक्छ तर यसको अर्थ गर्लफ्रेन्डले तपाइ मात्र उनको जीवनको महत्वपूर्ण व्यक्ति हो जस्तो व्यवहार गर्नुपर्छ भन्ने होइन। तपाइ व्वाइफ्रेन्ड मात्र होइन उनको साथी, भाइ, अनि परिवारको सदस्यको झै भूमिका ग्रहण गर्ने खुला हृदयको हुनुपर्दछ। अझ उनको कुनै अर्को केटा साथी छ भने, तपाइ पक्का हस्तक्षेप गर्नुहुन्छ। यस्तो व्याइफ्रेन्ड कहिल्यै नबन्नुस।

ठूलो दाइ जस्तो नबन्नुस्

केटीलाइ सुरक्षा दिनुपर्छ भन्ने सुन्दै हामी हुर्किएका छौ। त्यसैले धेरै केटाहरु आफ्नो गर्लफ्रेन्ड प्रति सुरक्षात्मक हुन्छन् र अन्ततः ‘ठूलो दाइ’ जस्तो व्यवहार गर्न थाल्छन्। हो, कसैले ख्याल राख्दा, सुरक्षा दिदाँ गुड फिल हुन्छ, तर केटीहरु आफ्नो सुरक्षा आफै गर्न सक्छन, उनको वरिपरि घुमेर यो गर र त्यो नगर भन्नु सम्बन्धको लागि कदापी राम्रो कुरा होइन।

उनको लागि निर्णय नलिनुस्

जब निर्णय लिने कुरा आउँछ, सधै परिवारको प्रमुखले लिने गर्छन्। सम्बन्धमा पनि ठ्याक्कै त्यस्तै, धेरै केटाहरु सोच्छन् कि महत्वपूर्ण कार्यको निर्णय लिएर बाटो देखाउनुपर्छ। कसैले त, के गर्नुपर्छ, के गर्नुहुन्न, गर्लफ्रेन्डको लागि एक-एक कुराको निर्णय लिइदिन्छन्। गर्लफ्रेन्डलाई बच्चा जस्तो नठान्नुस्, निर्णय अन्यले लिइदिनुपर्ने व्यवहार नगर्नुस्।

गर्लफ्रेन्ड कहाँ छिन् खोजीनिती नगर्नुस्

तपाइलाई यो भन्दा अचम्म लाग्दैन कि धेरै जस्तो केटाहरु आफ्नो गर्लफ्रेन्डसंग कहाँ जान्छिन्, के गर्छिन् एक एक अपडेट माग्छन्। घरबाट निस्कदाँ, अफिस वा कलेज पुग्दा, फर्कदा, घर पुग्दा, के-के भयो, को-को भेटियो आदी। यो काम रोक्नुस्। आफ्नो गतिविधि कोही अरुले जान्नखोज्दा मनपर्दैन। सम्बन्धमा स्वतन्त्रता आवश्यक पर्छ।

साथीको अगाडी ‘सो अफ’ नगर्नुस्

साथीहरुमाझ आफ्नो सम्बन्धको बारेमा बढाइचढाइ गफ दिने धेरै केटाहरुको बानी हुन्छ। गर्लफ्रेन्डलाई कुनै ट्रफि जस्तो व्यवहार गर्छन्, तर उनी कस्तो व्यक्तित्व हुन सो बारेमा भने केही बोल्दैनन्। यदी गर्लफ्रेन्ड अगाडी नै छिन भने यो कामले उनलाइ अझ असहज बनाउँछ। यस्तो सस्तो काम नगर्नुस्।

पर्सनल स्पेसमाथी प्रतिकार नगरनुस्

पर्सनल स्पेश भनेको फिजिकल स्पेस मात्र होइन। केही केटीहरुले आफ्नो फेसबक, इन्स्टाग्रामको पासवर्ड सेयर गर्नसक्छन। यसको एउटै कारण केटाले पनि सेयर गरिदिओस र सम्बन्धमा पारदर्शीता आओस् भन्ने हो। तर यदि कसैले सेयर गर्दैन भने त्यसको मतलव कुरा लुकाउन खोजेको भन्ने सोच्न हुँदैन।