२९ साउन, पर्सा ।

पर्सामा सेना परिचालन गरिएको छ । दैविक प्रकोप उद्दार समितिको आज बसेको बैठकले बाढी पीडितहरुको उद्दारको लागि नेपाली सेना खटाएको छ ।

आज १२ बजेसम्म दैविक प्रकोप उद्दार समितिको बैठकबाट बाढीले अति प्रभावित क्षेत्र पर्सा जिल्लाको ग्रामीण भेग एकटाँगा, बगही, मसिहानी, पटेर्वासुगौली लगायतको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी खटाइएको छ ।

उद्दार कार्य भने तिब्र रुपमा भइरहेको छ । सोही बैठकले बाढीबाट पीडितहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्नको लागि वीरगन्ज उद्योग वाणिज्य संघ तथा भाँडा र त्रिपाल वितरणको लागि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाकालाई जिम्मा लगाइएको दैविक प्रकोप उद्दार समिति अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।