काठमाडौं।

देशको राजनीति अस्थिर छ । त्यसैको फाइदा लिँदै नेपालमा विदेशी हस्तक्षेप भयो भनेर कुरा हामी धेरै गर्छौ । तर कस्ले, केमा, कहाँ, कसरी हस्तक्षेप गरिहेको छ ? राजनीतिक नेतृत्वको अडान के छ ? हामी ठम्याउन सकिरहेका छैनौं । राजनीतिक विश्लेषक एवं अन्तराष्ट्रिय मामलाका जानकार अरुणकुमार सुवेदीसँग अन्तर्वाता गर्दै जाँदा नेपालको भयावह तस्विर प्रस्तुत गरे । प्रस्तुत छ उनै सुवेदीसँग नेपाली हेडलाइन्सका सम्पादक बोमलाल गिरी र सहसम्पादक प्रयास पराजुलीले गरेको कुराकानीः

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबाट नेपालको हितमा के काम हुन सक्छ ?

प्रधानमन्त्री बोआओ सम्मेलनमा जानुभएको हो । कुटनैतिक रुपमा नेपालमा जो सत्तामा बसेपनि चीन र नेपालको सम्बन्धको लागि यस्ता भ्रमणले सकारात्मक नै प्रभाव पार्छ । धेरै कुरामा चर्चा भएको छ । विवाद पनि भएको छ । तर जुन उदेश्यको लागि जानुभएको छ । नेपाल चीन सम्बन्ध अलि फरक छ भनेर बुझ्न जरुरी छ ।

मधेशमा खतरानाक खेल हुँदैछ । २ नम्बर प्रदेशलाई अगल गरेर निर्वाचन गर्ने खतरानाक खेलमा पुष्पकमल दाहाललाई प्रयोग गर्ने गरी युरोपिय युनियन र पश्चिमाहरु लागिरहेका  छन् । त्यसो गरियो भने नेपालको विभाजनका लागि शिलान्यास गरेको ठहरिने छ । सरकारले २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा मात्र निर्वाचन गराउन गइिरहेको देखिन्छ । यो खतरानाक खेल हुनबाट रोक्नुपर्छ ।

प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत गए तर सत्ताको आयु छोटिदै जाँदा बल्ल चीन आउँदै छन् भनेर चिनियाँ मिडियाले आलोचना गरेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

जसलाई जतिखेर पायक पर्छ त्यतिखेर नै भ्रमण गर्ने हो । भारत एक पटक औपचारिक भ्रमणमा र दोस्रो पटक अन्य कारणले जानु भएको हो । चीनले नेपालसँग केही गुनासो गरेको छ । गुनासो भारतले पनि गरेको छ । चीनको गुनासोमा भारत पर्नु एउटा महत्वपूर्ण कारण छ । यो भारतको मात्र कारणले होइन ।

नेपाल नीतिमा भारत आफै स्वतन्त्र निर्णय नगरेर पश्चिमाहरुसँग मिलेर नेपाल नीति बनाउँछ र बनाउला भन्ने भयमा चीन जहिले पनि रहन्छ । त्यसकारण पश्चिमसँग भारत नमिलोस् भन्ने सन्देश पुर्याउनु चीनको रणनीति र कुटनीति हो ।

त्यो चीनको भय मात्र हो कि वास्तविकता पनि ?

पहिले भारत र पश्चिमाहरु एक ठाउँमा बसेर भारतलाई घेर्ने नीति अन्तर्गत काम गरे । त्यो नीति अन्तर्गत अस्वभाविक र अवान्छित राजनीतिक परिवर्तलाई प्रगतिशील र अग्रमनको नाममा थोपरियो । मोदी आएपछि केही सुधार भएको छ ।

मोदीले भारतमा स्थानीय सत्ताले तय गरेको नीति बाहिर रहेर काम गर्दैनन् । पश्चिमा र भारत एक ठाउँमा उभिएर फेरि घेर्लान कि भन्ने भय त चीनलाई भइरहन्छ ।

आगामी निर्वाचनमा भारत र चीनलाई कसरी जोडेर हेर्न सकिन्छ ? सहयोग के कस्तो रहला ?

परम्परागत रुपमा अबलम्बन गर्दै आएको समदुरीको विदेश नीति अबलम्बन गर्नु हाम्रो लागि नै घातक हुन्छ । भारत र चीनसँगको सापेक्षमा अरु देशलाई समदुरीमा राख्न सकिन्न । नेपालले दुई तहको विदेश नीति लिनुपर्छ । पहिलो तहमा भारत र चीनलाई राख्नु पर्छ । दोस्रोमा अरु देशलाई भन्ने मेरो मान्यता हो ।त्यस अनुसार नेपालको आधिकारिक कुटनीति अगाडि बढन् सकेन । त्यसको किचलो र मार खेपिरहेका छौं हामीले । हामीले दुई छिमेकी देश भारत र चीनको मर्म र दर्द नबुझेर तिनीहरुलाई व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय शक्तिहरुको हतियार बन्न पुगेको हुनाले अहिले किचलो, छिमेकीसँग विग्रदो सम्बन्ध, छिमेकीहरुले नेपालमाथि शंका गर्नुपर्ने अवस्था सृजना भएको हो ।

सैद्धान्तिक रुपमा स्थानीय तहको निर्वाचन राम्रो पक्ष हो । तर अहिलेको संविधान र संविधान ल्याउदा भएको कृत्यहरु संविधानमा समाविष्ट विषयहरु विश्लेषण गर्ने हो भने यो संविधान कार्यान्वयन छिमेकीको लागि पनि हानीकारक छ । कार्यान्वयन नहोस भन्ने पक्षमा द्धन्द्ध छ ।

चीन जसरी महाशक्तिको रुपमा उदय भएको छ । त्यसलाई रोक्नका लागि पश्चिमा शक्तिले चीनमाथि चारैतिरबाट दबाबको नीति लिएको छ । चीनलाई घेर्नको लागि भारतरको साथ नलिई हुँदैन । भारतलाई दबाब दिन नेपाललाई उपयोग गर्नु नै पर्छ । अढाई अर्बको जनसंख्यालाई अप्रत्यक्ष रुपमा शासन गर्नका लागि नेपाल जत्तिको उपयुक्त ठाउँ अन्त कहाँ छ  र ? नेपाल भारत र चीनको ककपिट हुँदैछ ।

चीन मौन रहन्छ । धेरै कुरा खेल्दैन । धेरै कुरामा भारत जोडिन्छ ? के भारत चुनाव भाँड्न चाहन्छ ?

त्यति हदसम्मको छिद्र व्यवहार भारतले गर्छ जस्तो लाग्दैन । भारत र चीनको चासो संविधानका बारेमा छ भन्ने जगजाहेर छ । चीनले नेपालमा धर्म परिवर्तन प्रति चिन्ता व्यक्त गरिरहेको छ । ‘थिकं टयाक’को टोलीले नेपालमै आएर भनिसकेको छ । नेपाल प्रति चीनको चासो र चिन्ता भनेकै बढ्दो क्रिस्चियानिटी र अस्थिर राजनीतिक हो । अनि मात्र तेस्रोमा भारत ।

छिमेकीहरुको जायज मागहरु नसुनेर यो संविधानलाई प्रतिष्ठाको विषय बनाइएको छ । जो हामीहरुको लागि विघटनकारी दस्तावेज हो । जसरी पनि लागू गर्नको लागि राजनीतिक तह कम्मर कसेर लागेको छ । अहिलेको चुरो कुरा यही हो ।

नेपालबाट भारतको बेइज्यतीको परराष्ठा नै पुगिसकेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’ले मात्र भनेको कुरा पनि कति लाग्छ । नेपाल भारतको सैनिक कुटनीतिसँग पनि गाँसिएको छ । विगतमा भारतले लगाएको अघोषित नाकाबन्दीलाई हटाउनको लागि पनि नेपाल भारत सैनिक कुटनीतिले ठूलो भूमिका खेल्यो । खाली आक्षेप लगाएर मात्र बिग्रिएको सम्बन्ध सुर्धान सकिदैन ।

स्थानीय तहको चुनाव आइरहेको छ । मेधसी दल समतिमा आउन सकेको छैनन् ? भारतीय पक्षले मिलेर जानु पर्छ भनेको छ । यसको मतलव मधेसी दलको सहमति विना चुनावमा जानु हुन्नभन्ने गरी हस्तक्षेप हो वा सुझाव ?

नेपालमा किचलो छ भन्ने कुरा भारतले मात्र होइन सबैले जानेको कुरा हो । समस्या छ भनेर भारतमा गएर भनेपछि जो कोहीले पनि मिलेर जानु त भन्छन् नै । भारत सरकारको कुरा मात्र नभई भारतका भद्रजनले पनि सुझाव दिन्छन् ।

मधेशमा खतरनाक खेल हुँदैछ । २ नम्बर प्रदेशलाई अगल गरेर निर्वाचन गर्ने खतरनाक खेलमा पुष्पकमल दाहाललाई प्रयोग गर्ने गरी युरोपियन युनियन र पश्चिमाहरु लागिरहेका छन् । त्यसो गरियो भने नेपालको विभाजनका लागि शिलान्यास गरेको ठहरिने छ । सरकारले २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा मात्र निर्वाचन गराउन गइरहेको देखिन्छ । यो खतरनाक खेल हुनबाट रोक्नुपर्छ ।

तपाईको भनाई मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गर्नु हुँदैन भन्ने हो ?

निर्वाचनको लागि आम सहमति बनाउनु पर्छ । सतहमा आएका कुरा र सतहभित्रको कुरालाई हेर्नुपर्छ । अहिलेको संविधानको मुलभूत विषयमा भारत र चीन दुवै असहमत छन् । भारत र चीनको जाजय माग पूरा गर्नतिर चासो नदेखाउने, भुरेटाकुरे विषय लिएर स्थितिलाई अगाडि मात्र बढाउन खोज्ने ?

संविधान संशोधन गर भनेर भारत र चीन दुवैले औपचारिक रुपमा भन्न नसक्ने, अनौपचारिक रुपमा भन्दा सबै नेताहरु हुन्छ भन्ने । अनि आएर औपचारिक रुपमा ति असहमतिलाई औपचारिक रुपमा सम्बोधन नै नगर्ने । सबैभन्दा ठूलो भू–राजनीतिक अवस्थितिलाई दुवै छिमेकीको विश्वास लिएर उपयोग गर्न नसकेको हुनाले यो अवस्था सृजना भएको हो ।

हिन्दु बाहुल तराईका जिल्लाहरुलाई नेपालबाट टुक्र्याइदिने । पहाडमा जनजाति र क्षेत्रीबाहुनको द्वन्द बढाइदिने । बचेका गरिबहरुलाई धर्म परिवर्तन गराउने । त्यसको आधारमा तिब्बतलाई पनि टुक्रयाइदिने । भारतको उत्तर पूर्वलाई टुक्रयाइदिने । अलग अलग जनसंख्याको पकेट बनाएर शासन गर्ने पश्चिमाहरुको खेल हो ।

अबको डेढ महिनामा स्थानीय तहको निर्वाचन हुन्छ ?

गाह्रो छ । तर जसले नाटकीय रुपमा संविधान ल्याए उनीहरु त गराउने नै पक्षमा छन् । पैसा पेलेर गराउन पनि सक्छन् । युरोपियन युनियन र अमेरिका नै लागेपछि चुनाव हुन पनि सक्छ । आर्मीलाई पहिलो घेरामा राख्ने भनिएको कुरा पनि आएको छ । भोट नहालेर बक्स खाली भएपनि चुनाव गराउन सक्छन् ।

नेपालको चाहना अनुसार निर्वाचन हुँदैन भन्ने हो तपाईको बुझाई ?

स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने आम जनताको चाहना हो । तर जसरी पनि नेपालमा संंविधान जारी गर्नुपर्छ भनेर सुशील कोइरालालाई फसाइयो । त्यसरी नै स्थानीय तहमा जनप्रतिनिधि हुनुपर्छ भन्ने हाम्रो भावनालाई छिन्नभिन्न बनाएर फसाइदै छ ।

कहाँबाट हुँदैछ त्यस्तो खेल ?

अढाई अर्बको जनसंख्यालाई व्यवस्थापन गर्न भारत चीनलाई दबाब दिनको लागि पश्चिमाहरुले प्रयोग गरिनै रहेका छन् । नेपाललाई प्रयोग गर्न एक जना यहुदी कसरी पैसा पेलिरहेका छन् । खर्बपतिबाट कति पैसा लिए भनेर एउटा प्रतिष्ठित अनलाईनले समाचार बनाएको थियो । सन् १९५० देखि नै खेलिरहेका छन् । खेल अहिले उत्कर्षमा छ ।

नेपालमाथि यसरी खेल्नुको स्वार्थ के हो ?

मूलतः एशियालाई हाक्नु पर्छ भन्ने नै हो । चीन जसरी महाशक्तिको रुपमा उदय भएको छ । त्यसलाई रोक्नका लागि पश्चिमा शक्तिले चीनमाथि चारैतिरबाट दबाबको नीति लिएको छ । चीनलाई घेर्नको लागि भारतरको साथ नलिई हुँदैन । भारतलाई दबाब दिन नेपाललाई उपयोग गर्नु नै पर्छ । अढाई अर्बको जनसंख्यालाई अप्रत्यक्ष रुपमा शासन गर्नका लागि नेपाल जत्तिको उपयुक्त ठाउँ अन्त कहाँ छ र ? नेपाल भारत र चीनको ककपिट हुँदैछ ।

धर्म परिवर्तनको खतरनाक खेल कसरी हुँदै गएको देख्नुहुन्छ ?

हिन्दु बाहुल तराईका जिल्लाहरुलाई नेपालबाट टुक्र्याइ दिने । पहाडमा जनजाति र क्षेत्रीबाहुनको द्वन्द्व बढाइदिने । बचेका गरिबहरुलाई धर्म परिवर्तन गराउने । त्यसको आधारमा तिब्बतलाई पनि टुक्रयाइदिने । भारतको उत्तर पूर्वलाई टुक्रयाइदिने । अलग अगल जनसंख्याको पकेट बनाएर शासन गर्ने पश्चिमाहरुको खेल हो ।

अंग्रेजको चाहना विपरीत एकीकृत भारत बन्न सफल भयो । नेपाल, भारत र चीनको गाम्भीर्यतालाई पश्चिमाहरुले बुझ्नै सकेनन् । राजाले पनि बुझ्न सकेनन् । नेताहरुले झन् बुझ्ने कुरै भएन । बिपी कोइरालो बुझेका थिए, गर्न सकेनन् । कृष्णप्रसाद भट्टराईले बुझ्छन् भनेरै रणनीतिक रुपमा हराइयो ।

हिमाली क्षेत्रमा बसोबास गर्नेमध्ये ६ लाख क्रिस्चियन बनाइसक्यो । यही ६ लाख जनसंख्यालाई आधार बनाएर भारत–चीन नीति बनाउनु पर्छ भन्ने कुरा उठेको छ । जर्ज स्वरस हंगेरीमा जन्मिएका एक खर्बपति हुन् । उनको भूमिकामा युगोल्साभियालाई टुक्राइयो । र उनलाई मानवअधिकारको नाममा अमेरिकाले इच्छा अनुसार सहायता दिन्छ ।

सबैभन्दा बढी पैसा धर्म परिवर्तनको नाममा नेपाल भित्रिने गरेको छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा क्रिस्चियनलाई चीनको सीमानामा काम गर्न पठाउँदा चिनियाँहरु रिसाएर बमबम भएका थिए । त्यहाँबाट अहिले धादिङमा त्यो सस्थाले काम गरिरहेको छ ।

धर्म परिवर्तन गरेकाहरुको मन गंगा र जमुनाप्रति हुँदैन । १२ बुँदे सहमतिपछि गिरीजाप्रसाद कोइरालाले नोवेल पुरस्कार पाउँछन भनेर गणतन्त्र, धर्मनिरेक्षताको मुद्दा उनको खल्तीबाट निकाल्न लगाइयो । उहाँ फस्नु भो । बिपी कोइरालाले गर्न नसकेको काम सुशील कोइरालाले गर्नुपर्छ भनेर फसाइयो ।

केपी ओलीको अडान अनुसारको संविधान त होइन यो । ओलीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा मानेकै होइन । आफै पार्टीको अध्यक्ष, आफै संसदीय दलको नेता हुँदा ह्वीप लगाएर संविधान पारित गराउनुभो । कतैको प्रभाव नभई आफ्नै दिलले लागेको कुरा त ओलीले गरेको होइन होला । ओलीले पश्चताप गर्न बाँकी छ ।

गिरिजाप्रसाद कोइरालाको तर्फबाट सुशील कोइरालाले पश्चताप गरिदिनु भो । कांग्रेसभित्र पहिले शेरबहादुर देउवालाई तेस्रो नेताको रुपमा कृष्णप्रसाद सिटौलालाई स्वीकार गर्न लगाइयो ।

रामचन्द्र पौडेलेको भनेको काम गर्न नसक्ने औकात । शेरबहादुर पाखा लगाएर सिटौलालाई अगाडि बढाउन खोजिदैछ । पश्चिामाहरुले पत्याएका एक नम्बर मान्छे त सिटौला रहेको पुष्टि भयो नि ।

मधेसमा के हुन्छ ?

महन्त ठाकुराको कार्यालयमा जाँदा माताको अफिसमा पसेजस्तो हुन्छ । सबै मधेसका नेता हिन्दु राष्ट्रियताको कुरा गर्छन् । औपचारिका रुपमा कोही नभन्ने, दस्तावेजमा कसैले नलेख्ने । उनीहरु पनि मोदीबाट होइन पश्चिमाहरुबाट प्रयोग भए ।

त्यो प्रयोग हुने क्रममा यत्रो आन्दोलन र राजनीतिक संगठनको भडकिलो खर्च नेपालको आन्तरिक स्रोतले थेक्न सक्छ ? छेउ पनि पुग्दैन । उद्योग धन्दा बन्द भइसके । राजनीतिक दल चलाउने बाह्य शक्ति छन् । मधेसमा केपी ओली जस्ता मान्छेलाई उचालेर धुलो चटाउने, त्यसपछि सिके राउत बलियो हुन्छ । जुन दिन सिके राउत बलियो हुन्छन त्यस दिन उसको हातमा मुद्दा थमाइदिने । हिन्दुराष्ट्र मधेस हो ।

महन्त ठाकुरहरुले छुट्टै राष्ट्र बनाउनु पर्छ भन्ने अभिव्यक्ति दिन थालिसकेका छन् । एमालेबाट सुभास नेम्वाङ ल्याउने, कांग्रेसबाट कृष्ण सिटौला ल्याउने, मधेसबाट सिके राउतलाई हिन्दुराष्ट्रको मुद्दा बोल्न लगाउने, कमल थापा र प्रचण्ड त उनीहरुकै मान्छे भइहाले । राजतन्त्र र हिन्दुराष्ट्र असफल बनाउनको लागि कमल थापालाई बोलाइएको हो । सबै काम नलाग्ने मान्छेलाई मुद्दा थमाइदिँदा आन्दोलन अगाडि नबढ्ने भएर खोजीखोजी गोजीमा हालिदिएका हुन् ।

तपाईका कुराको विश्वास गर्ने हो भने भर चाँही कस्को पर्ने ?

मूलुक पतन हुने भो भने यस्ता मान्छे एकै पटक माथि पुग्दा रहेछन् । नेपाल बिग्रियो भन्ने चिन्ता सबैको छ जस्तो मलाई लाग्दैन ।

तपाईको कुराको विश्वास कसरी गर्ने जवकि भारतले लगाएको नाकावन्दीको बेला लिएको अडानले राष्ट्रवादी नेता त ओली नै देखिएका हुन् नि ?

गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता, १२ बुँदे सहमति गर्दा गिरिजाप्रसाद कोइरालालाई केही पनि थाहा थिएन । प्रचण्ड लगायत अरु कसैले पनि गफ नदिए हुन्छ । ओली मात्र किन ? चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि राष्ट्रवादी नेता भनिन्छ । म तीन छक पर्छु ।
नेपालको राष्ट्रवाद भनेको नेपालको भौगोलिक अखण्डतालाई कायम राख्ने, नेपाली जनताको आत्मसम्मान र समृद्धि बनाउने नै राष्ट्रवाद होला । फाटेको लंगौटी लगाएर कुनै विदेशीलाई खुकुरी लिएर जाने त राष्ट्रवाद होइन होला !

ओलीको नेपाली राष्ट्रियताको आधार के रहेछ ? हिन्दु सांस्कृतिक राष्ट्रियताको आधार भत्काउदा ओलीलाई कुनै तनाब भएन । अडान देखिएन । राजनीतिक आधार प्रचण्डको पुर्खाले आर्ज्याको हो ? केपी ओलीकोको पूर्खाले आर्ज्याको राष्ट्र हो ? यो पृथ्वीनारायण शाह र बहादुर शाहले आर्ज्याको राष्ट्र हो ।

बिपी कोइरालाले भनेको थिए ‘सबैभन्दा शक्ति र राष्ट्रको अन्तिम समयसम्म पनि रक्षा गर्ने शक्ति राजसंस्था हो ।’ राजसंस्था विदा भयो । ज्ञानेन्द्रको अनुहार हेरेर राजसंस्था विस्थापित गर्यौं । त्यसमा पनि ओलीलाई कुनै टाउको दुखाइएको विषय भएन ।

नेपाली सेनामाथि बारम्बार आक्रमण भएको छ । मधेसलाई उचालेर समावेशी सेना भएन भनेर उठाउँदा पनि ओलीलाई आपत्ति भएन । जनजाति र क्षेत्री बाहुनको कुरा ल्याएर सेनालाई विवादमा तान्ने प्रयास गर्दा पनि ओलीलाई आपत्ति भएन । राष्ट्रियताको एक०-एक आधार भत्किदै जादा पनि आपत्ति भएन ।

भारतको एउटा सचिवस्तरको लैनचौरमा कर्मचारीसँग पाखुरा सुर्किएको भनेर ओलीलाई राष्ट्रवादी भन्न मिल्छ ? यस्ता पनि तर्क हुन्छ ? छिमेकीसँग दुष्ट भाषा प्रयोग गर्देमा राष्ट्रवादी हुन्छ ? आज भारतसँग सहकार्य गरेर ठूलो बजारलाई अफ्नो पक्षमा प्रयोग गर्ने र नेपालाई समृद्ध बनाउन खोज्ने व्यक्ति राष्ट्रवादी हो । भिमसेन थापाकै जस्तो कुखुरी लिएर हिडछु भन्ने राष्ट्रवादी हो ?

हामीले दुई छिमेकी देश भारत र चीनको मर्म र दर्द नबुझेर तिनीहरुलाई व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय शक्तिहरुको हतियार बन्न पुगेको हुनाले अहिले किचलो, छिमेकीसँग विग्रदो सम्बन्ध, छिमेकीहरुले नेपालमाथि शंका गर्नुपर्ने अवस्था सृजना भएको हो ।

ओलीको राष्ट्रवाद भनेको भारत र मधेसको विरोध गर्नु हो । ओलीको राष्ट्रवादले हामीले टाउको फुटाउँदा पनि पहाडियाले हामीलाई नेपाली नठान्दा रहेछन्, त्यसकारण मधेसीलाई पहाडियासँग एकसाथ बस्न नसकिने रहेछ भन्ने बाध्यतात्मक अवस्था सृजना गर्छ । त्यो भनेके सिके राउत हो ।

भारत र नेपालको बीचमा मनोवैज्ञानिक द्धन्द्ध छ । जनताको बीचमा द्धन्द्ध बढाउन मदरसा खुलेका छन् । यो खतरनाक कुरा हो । उत्तरमा चर्च, दक्षिणमा मदरशा खोलेर हामीलाई प्रयोग गर्न खोजिदैछ ।

ज्ञानेन्द्र आफै गणतन्त्रवादी भएर हिडे । अब राजा खोज्ने कुरा भएन । अहिलेसम्म गणतन्त्रलाई चुनौती दिएको पनि छैन । देश अहिलेसम्म आर्मीले धानेको छ । राजनीति तहसनसह भएको छ ।

चित्रबहादुर केसी र विजुक्छे कस्ता राष्ट्रवादी ?

जसले उत्तर कोरियालाई आर्दश मान्छ, उनीहरुको बारेमा के ब्याख्या गर्ने ? देशको लागि सिन्को भाँच्न नसक्ने ? अनि कसैले गाली गरिदियो भने उसैलाई हामीले राष्ट्रवादी मानिदिनु पर्ने !?