२६ कात्तिक, जनकपुर ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणकै चुनाबमा कम्युनिष्ट पार्टीहरुको भ्रम टुटने बताएका छन । ठाउँ ठाउँमा नेपाली काँग्रेस जित्ने दाबी गर्दै उनले भने स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेका छन ।

फाइल तस्बिर

जनकपुरमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले भने खोक्रो राष्ट्रवाद धेरै दिन चल्दैन । नेपाली जनताले अब सबैकुरो बुझ्न थालेका छन ।

एमाले र माओवादी नेपालमा एकदलिय अधिनायकवाद लादन खोजेको उनले आरोप लगाए । निधिले जनकपुरको विभिन्न स्थानमा भएका कोणसभालाई सम्बोधन समेत गरेका छन । बाहिरबाट आएर धनुषा जित्ने सपना नपाल्न उनले चेतावनी समेत दिएका छन ।