९ असोज,भीमदत्तनगर, (रासस): दशैँ पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली आज भारतमा लुटिएका छन् ।

भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती भारतीय वनबासा बजारबाट झण्डै ७० किलोमिटरको दूरीमा छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले मजदरी गरेर घर फर्किरहेका नेपालीलाई लुटेरा समूहले मादकपदार्थ सेवन गराएर लुटपाट गरेको प्रारम्भिक जानकारी आएको बताऐ

लुटिएका पाँचै जना सोमबार दिउँसो पश्चिमी नाका गड्डाचौकी पुगेर प्रहरीको सम्र्पकमा आएका थिए । प्रहरीले उनीहरुलाई हेल्प डेस्कको सहयोगबाट घर पठाउने गृहकार्य गरिरहेको जनाएको छ ।