८ फागुन, काठमाडौ ।

संविधान जारी भएपछि पाँच महिनासम्म नाकाबन्दी गरेको भारतले औपचारिक नाका खोलेको घोषणा गरेपछि प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

फाइल तस्बिर

फाइल तस्बिर

भारतीय प्रधानमन्त्री मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री ओलीसंग आज राष्ट्रपति भवनमा भेटवार्ता हुने भएको हो । औपचारिक स्वागतसँगै आजै दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

Kp oli sushma swaraj india nepal

आज नै प्रधानमन्त्री ओली राजघाट स्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । राजघाटबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा नै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच हैदरावाद हाउसमा १२ बजे भेटवार्ता हुने छ । उक्त भेटघाटमा केही महत्वपूर्ण सम्झौताहरुमा समेत हस्ताक्षर हुन सक्ने सम्भावना रहेको छ । तर प्रधानमन्त्री ओलीले भारत भ्रमणको क्रममा कुनै पनि राष्ट्र हित विपरीतका सहमति र सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतमा दीर्घकालीन हितविरुद्ध ओलीले सम्झौता नगर्ने

त्यसै गरी प्रधानमन्त्री ओलीको भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीसँग भेट वार्ता हुने कार्यक्रम तय गरिएको छ । आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि ओलीको औपचारिक भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ ।