१७ भदौ, जुम्ला । पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ ।

हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये ९० प्रतिशत सवारी साधन नवीकरण नगरी सञ्चालनमा ल्याइएको जिससका उपप्रमुख कार्मा बुढाले जानकारी दिए । “खोतल्दै जाँदा सञ्चालित सवारी साधनको न लाइसेन्स भेटिन्छ, न बिलबुक नै, जसले गर्दा नवीकरण भए/नभएको भन्ने कुनै थाहा छैन”, बुढाले भने । केहीका कागजात भेटिएकामा दुई वर्षदेखि पाँच वर्षसम्म नवीकरण नगरेको पाइएको छ ।

जिससको पहिलो बैठकले स्थानीय विकास अधिकारी हरिनाराण बेल्बासेलाई एक हप्ताभित्रै सोबारे जवाफ दिन साउनमा परिपत्र गरिएको समितिका सदस्य जयराज भारतीले जनाए । “ केही मोटरसाइकलको नवीकरण भए पनि गाडी दुवैको नवीकरण भेटिएको छैन, गाडी अधिकतम मर्मत गर्नुपर्ने छ”, सदस्य भारतीले भने । यसो हुनामा कार्यालय प्रमुखको कमजोरी रहेको पदाधिकारी तथा सदस्यको दोषारोपण छ ।

बुढाका अनुसार खानेपानी र विद्युत्को महसुल पनि तिरिएको छैन । स्थानीय विकास अधिकारी गत साउन ३ गतेदेखि जिल्लामा नभएको र काजमा गएका कर्मचारीले सवारी साधनलगायत अन्य वस्तु बरबुझारथ नगरेको जिससले जनाएको छ । रासस