एजेन्सी ।

बलिउड सेलिब्रेटी सलमान खानका फ्यानका लागि उनीसँग सोमी अली भन्ने युवतीको चक्कर चलेको कुरा नयाँ होइन । सलमान खान र सोमी अलीका विभिन्न कहानी चर्चित छन् ।

पाकिस्तानकी चर्चित अभिनेत्री सोमी अलीले आफ्नो र सलमान खानको सम्बन्धबारे आफ्नो आत्मकथामा खुलासा गरेकी छिन् ।

salman sami ali 1

मसला डटकमका अनुसार केही समय अघी नै बलिउड छोडेकी सोमी अलीले एक अन्तर्वार्तामा सलमानसँग सम्बन्धित एक अनौठो रहस्य खोलेकी छिन् । १६ वर्षकी हुँदा सलमान सोमीसँग विवाह गर्न तयार रहेको उनले अन्तर्वार्तामा उल्लेख गरेकी छिन् ।

salman sami ali

सलमान खानको ‘मैने प्यार किया’ भन्ने फिल्म हेरेपछि सलमानको पागल फ्यान बनेर भारत आएकी सोमी त्यतिबेला केवल १६ वर्षकी थिइन् । आफूसँग सलमान सिरियस रिलेसनमा रहेको उनले खुलासा गरेकी छिन् ।

salman sami ali 2

तर पछि सलमानकै कारण सोमी र सलमानको सम्बन्ध तोडिएको समेत उनले खुलासा गरेकी छिन् । सलमानकी पूर्व प्रेमिकाले आफू ५ वर्षको उमेरमै यौन शोषणमा परेको समेत खुलासा गरेकी छिन् ।