एजेन्सी । पाकिस्तानको लाहौरमा भएको बम आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

अन्य ३० भन्दा बढी मानिस घाइते भएका छन् । एक व्यस्त बजारका भवनभित्र बिस्फोट भएको हो ।

बिस्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन आइएसले लिएको छ । दक्षिणी सिन्ध प्रान्तको सेहवनमा गएकोहप्ता भएको बिस्फोटमा ९० जनाको मृत्यु भएको थियाे ।