८ माघ, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायः सिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा सो बिस्फोटन भएको जनाइएको छ ।

पाकिस्तानी सैनिकले निकालेको एक छोटो वक्तव्यमा यस आक्रमणमा बीस व्यक्ति मारिएका र यस घटनामा घाइते भएकाहरुलाई सैनिक र नागरिक अस्पतालमा लगिएको छ ।

bomb-blast-in-peshawar-pakistan

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रांन्तका गभर्नर इक्बाल जफार झाग्राले पाकिस्तानी निजी टेलिभिजन च्यानल जिओलाई दिएको एक अन्तर्वार्तामा यस विस्फोटको पुष्टि गरेका छन ।

झाग्राका अनुसार यस आक्रमणमा घाइते भएका ४० व्यक्तिहरुमा १२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।

सरकारका वरिष्ठ अधिकारी इक्रामुल्लाह खानले एएफपी समाचार समितिलाई तरकारीको बाकसमा विस्फोटक पदार्थ लुकाएर ल्याएको जानकारी दिएका छन ।