८ असोज, एजेन्सी।

सत्तारुढ भारतीय जनता पार्टीका सांसद तथा चर्चित अर्थविद सुब्रमनियम स्वामीले १० करोड भारतीय नागरिक मर्न तयार हुनुपर्ने बताएका छन्।Subramanian Swamy 281498412

एक भारतीय टेलिभिजनमा बोल्दै उनले चाहे परमाणु युद्ध नै किन ननिम्तियोस् भारतीय सरकारले पाकिस्तानको परमाणु शक्ति र आक्रमणमाथी अनावश्यक महत्व दिन नहुने जिकिर गरेका छन्। साथै उनले पाकिस्तानलाई चार टुक्रा पार्ने भारतको उदेश्य हुनुपर्ने बताए ।

‘परमाणु युद्ध भइहाले, पाकिस्तानी परमाणु बमले भारतमा १० करोड भन्दा बढी मानिस मार्न सक्दैन। हामी अझै पनि ११० करोड जनसङ्ख्या बाँकी रहन्छौँ। तर हाम्रो परमाणु बमले पाकिस्तान पुरै तहसनसह पार्न सक्छ’, उनले भने।

१० करोड भारतीय मर्नको लागि तयार हुनु पर्ने हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘परमाणु युद्धको सम्भावना म निकै कम देख्छु। तर यदि भइहाले, १० करोड मानिस मृत्यको लागि तयार हुनुपर्छ। हाम्रा सेना सीमा सुरक्षार्थ मर्छन्। भारतमात्र यस्तो देशहो जहाँ क्याप्टेन र ब्रिगेडिएर्स युद्धामा अगाडीको लाइनबाट लड्छन्। यदि देशको लागि उनीहरु मर्न सक्छन् भने हामी किन सक्दैनौ।’

१८ भारतीय सैनिक मारिएको उरी आक्रमणको बारेमा प्रतिक्रिया दिदै स्वामीले केही स्पेशल फोर्स लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानमा बेस रहेको जैस-इ-मुहम्मदको हेडक्वार्टरसम्म पुग्न लागेको समेत बताए।

यो पढ्नुस्
कश्मिरको परिस्थितीको ‘प्रतिक्रिया’ उरी आक्रमण: नवाज शरिफ