९ असोज, एजेन्सी ।

भारत प्रशासित कश्मिरको उरी आक्रमणपछि युद्धको भाषा बोलिरहेका भारत र पाकिस्तानबीच बाकयुद्ध भने पहिले नै शुरु भैसकेको छ ।

आतिफ असलमको अन्तर्वार्ता लिने रेडियोलाई धम्काइयो, प्रसारणमा रोक

भारतले पाकिस्तान भित्र घुसेर आतंकबादीका तालिम केन्द्र ध्वस्त पार्ने योजना सार्वजनिक गरिरहेको समयमा भारतले आक्रमण शुरु गरे भारतलाई जवाफ दिन आक्रमण गर्ने भारतीय स्थानबारे पाकिस्तानी सेनाले पनि निर्णय लिएको सञ्चार माध्यमले जनाएका छन् ।

pakistan army

पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानी सेनाले देशको एक-एक इन्च जमीनको रक्षा गर्न आफू तत्पर रहेको भन्दै भारतले आक्रमण गरे भयानक जवाफ दिने तयारी गरेको छ ।

मोदीले पाकिस्तानी नेतालाई भने, हजार वर्ष लड्छु भन्नेहरू हिजोदेखि कता हराए !

पाकिस्तानका सेना प्रमुख जनरल राहिल शर्रीफले भारतप्रति लक्षित भाषामा युद्धको धम्की नदिन सचेत गराउँदै युद्ध भए युद्ध शुरु गर्ने देशले सहनै नसक्ने क्षती ब्यहोर्ने चेतावनी दिइ सकेका छन् । कुनै पनि बाह्य आक्रमणलाई निष्तेज पार्न पाकिस्तानी सुरक्षा फौज तयार र सक्षम रहेको समेत उनले स्पष्ट पारेका छन् ।

पाकिस्तानी सेनाले युद्धको जवाफ तयारी स्वरुप २ दिन अघि इस्लामाबादमा फाइटर जेट उडाएको थियो । अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रीफले लडाकु विमान तयारी अवस्थामा राख्न निर्देशन दिएपछि पाकिस्तानको राजधानी इस्लामाबादको आकाशमा फाइटर जेट उडेको भारतीय सञ्चार मध्यमले जनाएका छन् ।

पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)

यसलाई भारतीय मिडियाले युद्ध भन्दाअघिको ‘अभ्यास’को सज्ञा दिएपनि पाकिस्तानी सेनाले यसलाई नियमित अभ्यास भनेको छ । पाकिस्तान पनि भारतको संभावित आक्रमणको लागि तयारीमा देखिएको छ । देशको राजधानी इस्लामाबाद र लाहोरको बीचको सबैभन्दा ब्यस्त मानिएको राजमार्ग पाकिस्तानले दुई दिनको लागि बन्द गरिएको छ। त्यसैगरी इस्लामाबाद-पेशावर राजमार्ग पनि बन्द गरिएको छ।