४ असार, काठमाडौं ।

एसीसी च्याम्पियन्स ट्रफि क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाकिस्तानले भारतसामू ३३९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

ओभल क्रिकेट मैदानमा टर हारेर फिल्डिङको निम्तो पाएको पाकिस्तानले पूरै ५० ओभर खेलेर ४ विकेटको क्षतिमा ३३८ रन बनाउन सक्यो ।

उसका लागि फखर जमानले सर्वाधिक ११४, अजहर अलिले ५९, बावर आज्मले ४६ र सोएव मल्लिकले १२ रनको योगदान गरे ।

मोहम्मद हाफिज ५७ र इमाद वासिम १५ रनमा नटआउट रहे । भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डेय र केदार ज्यादभले समान एक एक विकेट हात पारे । भारतले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।