६ असोज, एजेन्सी ।

भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकबादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारत क्रुद्ध बनेपछि दुई देशबीच युद्धको बादल मडारिएको छ । दुवै पक्षले आक्रमण र प्रत्याक्रमणको तयारी गरिरहेका छन् । भारतले पाकिस्तानी सीमा क्षेत्रमा घुसेर कारवाही गर्ने चर्चा पनि चलिरहेको छ । उरी आक्रमणपछि पाकिस्तानसँग बदला लिने तयारीमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १ घण्टा वार रुम (युद्ध कक्ष) मा विताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीले १ घण्टा वार रुममा बसेर बनाए योजना

प्रधानमन्त्रीले पाकिस्तान विरुद्धको सम्भावित कारवाहीको विषमया छलफलका लागि १ घण्टा उच्च सुरक्षा अधिकारीसँग वाररुममा विताएको समाचारमा जनाइएको छ । मोदीको साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सेना प्रमुख दलबीर सुहाग, बायु सेना प्रमुख अरुण राहा, नौसेना प्रमुख सुनील लाम्बा लगायतका बरिष्ठ अधिकारी वाररुम मिटिङमा रहेको बताइएको छ ।

modi in war room

पाकिस्तानको जवाफः मोदीको दिमागको शल्यक्रिया गर्नु पर्छ

भारतले आक्रमण गर्ने तयारी गरेको भन्दै पाकिस्तान पनि तयारी अवस्थामा छ । यस अघि नै भारतीय सेनाले पाकिस्तानमा आक्रमण हुने तर त्यसको समय र स्थान आफूले तय गर्ने बताइसकेको छ । भारतीय सेनाको तयारीले पाकिस्तानमा तनाव बढेको छ । पाकिस्तानी सेनाले पनि सीमा क्षेत्रमा ब्याटल लाइन बनाएको छ । भारतले आक्रमण गर्ने सम्भावना बढेपछी पाकिस्तानले गिलिगिट-स्कर्दु र चित्रालमा गैरसैनिक उडान समेत रद्ध गरेको छ । हाल अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रीफले भारतीय तयारीको बारेमा सेना प्रमुखसँग जानकारी लिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सेना प्रमुखसँग अवस्थाको जानकारी लिन नवाज शर्रीफले मध्यरातमा फोन गरेर गैरसैनिक उडान रद्ध गर्न निर्देशन दिएका हुन् ।

nawaj sharrif agressive 1

भारतले आक्रमण गरेमा उचित जवाफ दिने पाकिस्तानी नेताहरुले बताइसकेका छन् ।

पाकिस्तानसँग रहेका हतियारः जुन देखेर भारत तर्सिन्छः

भारत र पाकिस्तान दुवै आणविक हतियारले सुसज्जित देश हुन् । दुवै देशसँग हाराहारीमा हतियार छन् । भारतकै तुलनामा कम हतियार भएपनि पाकिस्तानसँग रहेका कतिपय हतियारका कारण भारत पाकिस्तानसँग तर्सिने गरेको छ ।

यी हुन् पाकिस्तानसँग रहेका मुख्य हतियारः

१- शाहीन III मिसाइलः पाकिस्तानसँग रहेको ब्यालेस्टिक मिसाइल उसँग रहेको सबैभन्दा घातक परमाणु हतियार हो । यो मिसाइलले भारतका शहरहरुलाई केही बेरमै खरानीमा परिणत गर्न सक्छ ।

Pakistan weapons 10

२- बाबर (हत्फVII) मिसाइलः राडारलाई सहजै छल्न सक्ने यो मिसाइलको रेञ्ज ७०० किलोमिटर सम्म छ । यसले भारतका अधिकाँश शहरमा मार हान्न सक्छ । यो हतियार प्रयोग हुँदा डरलाग्दो परमाणु आक्रमणको डरले भारत पाकिस्तानसँग डराउने गरेको विश्लेषकले बताएका छन् ।

Pakistan weapons 7

३- गजनवी मिसाइलः पाकिस्तान गजनवी मिसाइल जमिन देखि जमिनमा मार हान्न सक्ने हिसाइद्य हो । यसले २९० किलो मिटर सम्म मार हान्न सक्छ । यसको आक्रमणपछि हरेक कुरा खरानीमा परिणत हुने सुरक्षाविद बताउँछन् ।

pakistan test missile (3)

४- नस्र मिसाइलः पाकिस्तानसँग रहेको नस्र मिसाइल परमाणु हतियारले ६० किलो मिटरको रेन्जमा दुश्मलाई खरानी बनाउने क्षमता राख्छ ।

Pakistan weapons 3

५- जेएफ17 थण्डर फाइटर बम्बरः पाकिस्तानको हवाइ सेनाको मेरुदण्ड भनिएको जेएफ17 थण्डर फाइटर बम्बरले विभिन्न स्थानमा बम खसाउन सक्छ । यसलाई निक्कै खतरनाक हतियार मानिएको छ । पाकिस्तान र चीन मिलेर यो खतरनाक फाइटर प्लेन तयार पारेका हुन् ।

Copyrights (c) www.PAFwallpapers.com

६- अल खालिद ट्याङ्कः पाकिस्तानी सेनासँग रहेको अल खालिद ट्याङ्क खतरनाक हतियार मानिन्छ । यो हतियार पनि चीन र पाकिस्तान मिलेर तयार पारेका हुन् । यसमा १२५ एमएम बोरको ट्याङ्क गन हुन्छ र आफै रिलोड हुन्छ । यसले फाइर कन्ट्रोल गर्दै मिसाइलमा पनि घातक आक्रमण गर्न सक्छ ।

Pakistan weapons 4 Pakistan weapons 9

७- पाकिस्तानी नौसेनासँग रहेको पनडुब्बी ३५० किलो मिटर सम्म जान सक्छ । यसले घातक हतियार बोक्ने क्षमता राख्छ । यसबाट २० देखि ५० किलो मिटर टाढा सम्म मार हान्न सकिन्छ । यो हतियार पनि भारत तर्सिने पाकिस्तानसँग रहेको हतियार हो ।

Pakistan weapons 5

चीन भर्सेज भारतः को सँग कति सेना र हतियार (फिचर)

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार