च्याम्पियन्स ट्रफि २०१७ को फाइलनमा भारतले परम्परागत प्रतिदन्द्धी पाकिस्तानसंग हार बेहोरेको छ। लण्डनको केनिङगटन ओभल मैदानमा खेलिएको खेलमा पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफि उचालेको हो।

 

पहिले ब्याटिङ गरेको पाकिस्तानले प्रबल दाबेदार भारतलाई ३३९ रनको चुनौतीपुर्ण लक्ष्य दिएको थियो। पाकिस्तानका लागि ओपनर फखर जामनले ११४ रनको योगदान दिएका थिए ।पाकिस्तानको आक्रामक ब्याटिङ पारीमा भारतिय बलरहरु धार बिहिन देखिएका थिए।

 

कठिन चुनौतीका साथ  मैदानमा उत्रिएको भारत लगातार झड्का बेहोर्दै सम्हालिन सकेन। भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा शुन्य रनमा आउट भए  भने कप्तान बिराट कोहली मात्र ५ रनमा पेभेलियन फर्किए। भारतका लागि तल्लो क्रमका ब्याटिङ गरेका हार्दिक पाण्डेयले ७६ रनको योगदान दिन सके। पुरै भाररिय ब्याटिङ मात्र १५८ रनमा रोकिएको थियो।

पाकिस्तानका लागि मोहम्मद आमिर र हसन अलिले ३-३ विकेट लिएका थिए।

 

 

किन र कसरी हार्यो भारत ?india virat kohli with pak player

घघडान ब्याट्सम्यानहरुले भरिएको भारतीय ब्याटिङ अर्डर किन धरमरायो ? भारतीय बलिङले अपेक्षाकृत कमजोर मानिएको पाकिस्तनाको ब्याट्सम्यानलाई किन रोक्न सकेन ? भारत भित्रै भारत टिमको आलोचना भएको छ।

 

खासगरि कप्तान विराट कोहलीले सहि निर्णय नसकेको भन्दै आलोचना सोझिएको छ ।

 

भारत र कप्तान कोहलीका केही निर्णय जुन गलत सावित भए र भारतले हार बेहोर्यो ।

 

१. विराट कोहलीले टस जितेर पनि ब्याटिङ रोजेनन् । दबाबले भरिएको फाइनल खेलमा पहिले ब्याटिङ गरेर ठुलो स्कोर खडा गर्दा विपक्षी टिमलाई दबाबमा राख्न सकिन्थ्यो। पहिलो ब्याटिङको मौका पाएको पाकिस्तानले राम्रो स्कोर बनाएर उल्टो भारतलाई दबाबमा राख्यो।

 

शतक प्रहार गरेका फखर जामन मात्र ३ रनमा क्याच भएका थिए तर उक्त बल बलर जसप्रीत बुमराहले नो बल फालेका थिए ।

 

२.भारतका मुख्य स्पिनर रविचन्द्र आश्विन निकै महंगा सावित भए। उनले १० ओभरमा ७० रन दिएर एक पनि विकेट लिन नसकि टिमलाई निराश पारे। आश्विनलाई एक दिन अगाडी मात्रै अभ्यासका दौरान चोट लागेको थियो। खेलको अगाडीसम्म उनी खेल्ने नखेल्ने टुङगो थिएन तर कोहलीले उनलाई चोटका बाबजुद खेलाए । यो कोहलीको भुल सावित भयो।

 

३. कोहलीले खास समयमा टिमका अनुभवी अलराउण्डर युवराज सिंहलाई बलिङमा प्रयोगमा ल्याउन सकेनन्।

 

४. भारतको मध्यक्रमका ब्याटसम्यानले सिरिजमा रन बनाउने खास मौका पाएका थिएनन्। उनिहरुले अघिल्ला खेलमा उपल्लो क्रममा मौका नदिनु भारतलाई बिझायो। फाइनलमा खेलमा मध्यक्रमका ब्याट्सम्यानहरु दबाबमा देखिए।