७ असोज, एजेन्सी ।

भारत र पाकिस्तानबीच तनाव बढिरहेको समयमा भारतको महाराष्ट्र नवनिर्माण पार्टीले पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी दिएको छ ।

इस्लामाबादको आकाशमा लडाकु जेटः पाकिस्तानले दियो अनौठो जवाफ

कलाकारहरुले भारत नछोडे आफ्नै तरिकाले निकालेर फ्याँक्ने चेतावनी समेत नवनिर्माण पार्टीले दिएको छ ।

raj thakre

raj thakreराज ठाकरेको पार्टी एमएनएसले सबै कलाकारले ४८ घण्टा भित्र देश छोड्नु पर्ने अन्यता आफ्नै हिसावले कारवाही गर्ने चेतावनी दिएपछि कलाकारहरु दवावमा परेका छन् ।

पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)

भारतमा सयौंको संख्यामा पाकिस्तानी कलाकारको बसोबास छ । भारतमा कतिपय पाकिस्तानी गायकहरु भारतीय भन्दा पनि लोकप्रिय मानिन्छन् ।

pakistani artists in India

उता भारत र पाकिस्तानबीच युद्धको भाषा चर्किरहेको समयमा पाकिस्तानले आफ्नो आकाशमा फाइटर जेटको उडान प्रदर्शन गरेको छ ।

अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रीफले लडाकु विमान तयारी अवस्थामा राख्न निर्देशन दिएपछि पाकिस्तानको राजधानी इस्लामाबादको आकाशमा फाइटर जेट उडेको भारतीय सञ्चार मध्यमले जनाएका छन् । यसलाई भारतीय मिडियाले युद्ध भन्दाअघिको ‘अभ्यास’को सज्ञा दिएपनि पाकिस्तानी सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

मुम्बईमा शंकास्पद व्यक्तिको खबरले सुरक्षा सतर्कता बढाइयो