एजेन्सी । एकाएक चर्चामा आएको पाकिस्तानका ‘चायवाला’ युवकले मोडलिङ सुरु गरेका छन् । पछिल्लो समय सामाजिक संजालमा उनले चिया हाल्दै गरेको एक फोटो भाइरल भएको थियो ।

pakistan-chaiwala

उनको फोटोमा युवतीहरु फिदा भए र बलिउड स्टारसँग उनलाई तुलना गरेका थिए । निलो आँखा भएका ‘चायवाला’ अरसद खानलाई एक फर्मले मोडलिङको अफर गरेको बीबीसीले जनाएको छ ।

arsad-khana-chayawala

पाकिस्तानी फेसन रिटेलर फिट इन डट पिकेले अरसदको फोटो पोष्ट गरेको छ जसमा उनले त्यो पसलवालाको सर्ट लगाएर मोडलिङ गरेका छन् । अन्यत्र बाट पनि उनलाई मोडलिङको अफर आउन थालेको छ । अरसदलाई भने आफ्नो चिया ब्यापार चौपटक भएकोमा चिन्ता छ ।

arshad-chai