१२ चैत, एजेन्सी।

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ ।

आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

“भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” गृह मन्त्री राजनाथ सिंहले भने।

“पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,” उनले भने ।