७ कात्तिक, ललितपुर ।
नेवार जातिको भाषा, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मंगलबारदेखि ललितपुरको च्यासलमा ज्यापु म्युजियम फेस्टिभलको आयोजना गरिएको छ । ज्यापु समाज यलले आयोजना गरेको म्युजियम फेस्टिभल तीन दिनसम्म चल्नेछ ।

फेस्टिभलको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि भत्किएका सम्पदाहरुको पुनःनिर्माण गर्नु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताइन् । उनले सम्भावित प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै बलियो ढंगले पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमपछि राष्ट्रपति भण्डारीले ज्यापु म्युजियम फेस्टिभलको अवलोकन समेत गरेकी थिइन् । म्युजियममा नेवारी समुदायको भेषभूषा, गरगहना, बाजागाजा, कृषिजन्य र घरायसी प्रयोगमा आउने सामग्रीहरु प्रदर्शनका लागि राखिएका छन् ।