२९ कात्तिक, ललितपुर ।
पाटन औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लास्टिक उद्योगमा आगलागी भिषण आगलागी भएको छ । बेलुकी साढे ६ बजेबाट आगलागी सुरु भए पनि आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट अहिले सम्म कति क्षति भयो भन्ने एकिन अनुमान नआएपनी करिब १० करोड बराबरमो क्षति भएको हुन सक्ने उद्योग संचालक अमेरिकी साहले जानकारी गराएका छन् ।

आगलागीमा मानवीय क्षति नभएको वारुणयन्त्रका अधिकारीले बताए। ललितपुर दमकलले मात्र आगो निभाउन नसकेपछि काठमाडौंबाट थप दुई र भक्तपुरबाट एउटा दमकल आगलागी स्थलमा पुगेको थियो ।