२० बैशासख, पोखरा । कास्कीको ढिकुरपोखरी गाविसको वडा नं १ फल्लापानीमा बारीमा लगाइएको मकै पाडोले खाएपछि उत्पन्न विवादमा एक वृद्धाको मृत्यु भएको छ ।
घटना विवरण अनुसार सो ठाउँमा बस्ने ५५ वर्षीय वेदहरि दाहालको पाडोले सोही ठाउँ बस्ने ५७ वर्षीया पार्वती अधिकारीको बारीको मकै पाडोले खाइदिएपछि दुवै पक्षबीच झगडा भएको थियो ।
झगडाकै क्रममा पार्वतीले दाहाललाई तथानाम गाली गरेपछि दाहालले दाउराको चिर्पटले पार्वतीको टाउकामा हिर्काएको थियो ।
सख्त घाइते पार्वतीको मणिपाल अस्पतालमा उपचारका क्रममा अपराह्न ४ बजेतिर मृत्यु भएको थियो । प्रहरीले हत्या गरेको अभियोगमा दाहाललाई नियन्त्रणमा लिएको छ । रासस