कुशल श्रेष्ठ

प्रथा भनौँ या संस्कृति भनौँ, हिन्दु धर्मका अधिकांश धार्मिक स्थलहरूको नजिक भएको तलाउ या नदीमा पैसाको सिक्का फालिने गरिन्छ। यसरी पैसाको सिक्का पानीमा फाल्दा व्यक्तिको जीवनमा धन-सम्पत्तीको सुखले कहिल्यै साथ नछोड्ने विश्वास गरिन्छ। अनि मानिसहरू पनि कुनै सङ्कोच नै नमानी खुरुखुरु सिक्का फाल्ने गर्छन्, अझ कतिपय ठाउँमा त प्रतिस्पर्धा पनि हुने गर्छ- कसले कुने चाहिँ भाँडोमा सिक्का पार्न सक्छ भनेर! उदाहरणको लागि ‘स्वयम्भू’ लाई लिन सकिन्छ।nepal_2

तर यसको मूल्य समयसँगै रूढ हुँदै आएको छ। जीवनमा धनको सुख पाउने आशा गर्नु ठीकै हो, तर त्यसको अर्थ बुझ्नु पनि महत्वपूर्ण हुन्छ।

किन फालिन्छ त पानीमा पैसाको सिक्का?

हिन्दु धर्मको सुरुवात भारतबासी भरतवंशबाट भएको त सायद सबैलाई थाहा होला। त्यतिबेला, अधिकांश बस्तीहरू नदी वा तलाउको नजिकै बस्ने गर्दथे, ताकी बाँच्नको लागि पानीको कमी नहोस्। सबै मानिहरू त्यहि पानीको स्रोतमा निर्भर हुन्थे। पिउन होस् या सिँचाइको लागि होस्, उनीहरू त्यस नदीनाला र खोलातलाउलाई पवित्र ठान्थे, पालनकर्ता ठान्थे र पुजा पनि गर्थे।

त्यतिबेला पानीको एउटै स्रोत भनेको नदीनाला नै थियो र स्वस्थ जीवन बाँच्नको लागि पानीको आवश्यकता पर्दछ भन्ने त्यतिबेलाका मानिसहरूलाई पनि निसङ्कोच थाहा थियो भन्न सकिन्छ। फेरि त्यतिबेलाको पैसाको सिक्का तामाको धातुबाट बन्ने गर्थ्यो। तामा यस्तो धातु हो, जुन हाम्रो शारीरिक स्वास्थ्यको लागि पनि एकदमै महत्वपूर्ण हुन्छ।coins-in-fountain-main

तामालाई पानीमा डुबाउँदा, समयसँगै तामापनि पानीसँगै घुल्न जान्छ र त्यो पानी पिउँदा शरीरलाई चाहिने तामाको परिपूर्ती हुन्छ। साथै तल डुबेको तामाले पानीमा भएका फोहोर तथा अन्य रसायनिक पदार्थलाई आफूतर्फ तानेर राख्दछ र माथि सतहमा स्वच्छ पानी बग्दछ।

यहि कारण नै त्यतिबेला नदीनालामा तामाको पैसाको सिक्का फालिने गरिन्थ्यो। तर अहिलेका सिक्काहरू तामाका हुँदैनन् तैपनि मानिसहरू त्यो पुरानो प्रथालाई अन्धविश्वासको रूपमा पछ्याउँदै आइरहेका छन्।

यो पनि हेर्नुहोस्-
जीवनको अर्थलाई परिभाषित गर्छ ‘मौन व्रत’ले
हिन्दु धर्मका केहि अन्धविश्वासका पछाडि यस्ता कारणहरू छन्…
जब शिवले आफ्नै घर बद्रिनाथ छाड्नुपर्यो..
कालीको जन्मको कथासँग कसरी मिल्छ विज्ञान?