हाम्रो शरीर स्वस्थ रहन निरन्तर पानी पिउनु जरुरी हुन्छ । तर कतिपय मानिसलाई पानी पिउन खासै जाँगर लाग्दैन । गर्मीको समयमा पानीको कमी हुँदा शरीरमा अनेक स्वास्थ्य समस्या आउन सक्छन् ।

यदि तपाइँको पनि पानी कम पिउने बानी छ भने याद गर्नुस् यी खानेकुरा । यहाँ त्यस्ता केही खानेकुराको बारेमा चर्चा गरिएको जसले पानी नपिउँदा पनि शरीरमा पानी कम हुन दिँदैन ।
१ नरिवलको पानी

काँचो नरिवल गर्मीमा निक्कै राम्रो मानिन्छ । नरिवलमा ९५ प्रतिशत पानी हुन्छ । यो सेवन गर्दा शरीरमा पानीको कमी हुन पाउँदैन ।

watery fruits 1२ दही र दुग्ध पदार्थ

दही लगायतका अन्य दुग्ध पदार्थमा पनि अत्याधिक मात्रामा पानी हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । दुग्ध पदार्थमा ८५ देखि ९० प्रतिशत सम्म पानीको मात्रा हुने हुँदा गर्मी मौषममा दुग्ध पदार्थको सेवन गर्नु राम्रो हुन्छ ।

watery fruits 3

३ ब्रोकाउली

गर्मीमा ब्रोकाउली सेवन गर्नु असाध्यै राम्रो मानिन्छ । किन भने गर्मीमा शरीरलाई अत्याधिक पानी आवश्यक पर्छ र ब्रोकाउलीमा ९१ प्रतिशत पानी हुन्छ ।

watery fruits 2

४ पालक

गर्मी मौषममा पालकको साग निक्कै राम्रो मानिन्छ । यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।

watery fruits 4

watery fruits
५ फूलगोभी

गर्मीमा फूल गोभीको सेवन राम्रो मानिन्छ । फूल गोभीले पनि शरीरमा पानीको कमि हुन दिँदैन । यसमा ९२ प्रतिशत सम्म पानी हुन्छ ।

watery fruits 5

६ टमाटर
टमाटर अर्थात गोलभेँडा पनि गर्मीमा खानै पर्ने तरकारी हो । यसमा ९४ प्रतिशत सम्म पानी हुने विज्ञहरु बताउँछन् ।

watery fruits 6

 

७ काँक्रो

काँक्रो पनि गर्मीमा राम्रो फल हो । यसलमा ९६ प्रतिशत सम्म पानी हुने हुँदा शरीरमा पानीको कमी हुन दिँदैन ।

watery fruits 7

८ सलाद

जुन सुकै फलको सलाद पनि गर्मीमा राम्रो मानिन्छ । काँचो फलको सलाद सेवन गर्मीमा शरीरमा पानी कमी हुन नदिने तरिका हो ।

watery fruits 8

 

यो पनि हेर्नुस्

गर्मीमा गर्न हुने र नहुने २२ कुरा 

गर्मी भयो? औषधी होइन यी ५ कुरा खानुस्

गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र