१० असार, सुनसरी ।

स्थानीय तहको निर्वाचनको मिति नजिकीएसँगै चुनावीसभालाई सम्वोधन गर्न राजनैतिक दलका शिर्ष नेताहरु पुर्व केन्द्रीत बन्न थालेका छन ।

राजनैतिक दलहरुले आयोजना गर्ने चुनावीसभालाई सम्वोधन गर्न सुनसरी र मोरङमा दलका शिर्ष नेताहरुको होडनै चलेको छ । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र मोरङका चुनावीसभालाई सम्वोधन गरेका छन ।

त्यसैगरी माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सुनसरीको धरानमा माओवादी केन्द्र सहितको आठ दलीय गठबन्धनको सभालाई सम्वोधन गरे ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमद्धारा आयोजित संयुक्त सभालाई सम्वोधन गरे ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले विराटनगरमा एमाले र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त सभालाई सम्वोधन गरे । सो सभालाई एमाले अध्यक्ष ओलीले समेत सम्वोधन गर्दै महानगर प्रमुखमा आफ्ना उमेद्वार र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमकी उमेद्वारको पक्षमा मत मागे ।

इटहरीको सभालाई सम्वोधन गर्दै ओलीले विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आग्रह गरे । ओलीले अन्य दलहरु एजेण्डा विहीन रहेको आरोप समेत लगाए । चुनावीसभालाई सम्वोधन गर्ने क्रममा नेपाली काँग्रेस प्रति आक्रोशीत ओलीले काँग्रेसलाई काम नलाग्ने गरि खिया परिसकेको भन्दै कटाक्ष गर्न समेत भ्याए ।