२० मंसिर, नेपालगन्ज । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने धारणा व्यक्त गरेका छन ।

संसोधन विरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने एमालेको निर्णय

नेपाली काँग्रेस बाँकेद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ ।”

khum-bahadur-khadka1

फाइल तस्बिर

नेपाली काँग्रेस अरु कुनै वादको पछि नलागेर विपीवादी हुनुपर्नेमा जोड दिँदै उनले अहिले पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यकता छ, कार्यकर्ता नेतामुखी होइन पार्टीमुखी हुनुपर्ने बताए ।

सहमति गरेर मात्रै संसोधन विधयेक अघि बढाउन राप्रपाको सुझाव

“पार्टी अहिले इतिहासकै कठिन घडीमा छ, नेता बलियो र पार्टी कमजोर हुँदैछ, नेपाली काँग्रेस जबजब सरकारमा जान्छ पार्टी कमजोर हुन्छ, अब पनि यसको समीक्षा गरिएन भने हामी सिद्धिन सक्छौ’—उनको चिन्ता थियो ।

अन्ततः देश १० वा १४ प्रदेशमा पुग्छ- कानूनमन्त्री नायक

कार्यकर्ता भेटघाटका अवसरमा पार्टीका पूर्व जिल्ला अध्यक्ष सनत रेग्मी, युवराज शर्मा, गजेन्द्र हमाल, पूर्व सांसद मोहम्मदी सिद्धिकी र प्रचार समितिका प्रमुख कपिलदेव शर्माले पार्टीभित्र एकताको आवश्यकतामा जोड दिएका थिए । रासस