२९ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको दावी गरेका छन् ।

काठमाडौमा भएको एक् कार्यक्रममा अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको बताए ।

मधेश आन्दोलनले उब्जाएका मागहरु सम्बोधन गर्नको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । राणाले प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति, स्थायित्व र दिगो विकास हुने दावी गरे ।

अध्यक्ष राणाले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको ए–राप्रपा राष्ट्रवादीले चाहे पार्टी एकता गर्नको लागि आफ्नो पार्टी तयार रहेको समेत स्पष्ट पारे ।