१ भदौ, हेटौडा ।

राष्ट्रिय प्राजतन्त्र पार्टीले पार्टी फुटाएका समूहलाई विभाजन प्रयास फिर्ता लिन आब्हान गरेको छ । हेटौडामा बसेको केन्द्रीय समिति बैठकले यस्तो आब्हान गरेको हो ।

राप्रपाले राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई बलियो हुन नदिने योजना अनुरुप पार्टीलाई विभाजन गर्ने प्रयास गरेको बताएको छ ।

‘यस कार्यमा पार्टी भित्र कै स्वार्थी, सत्तालोभी र आत्मसमर्पणवादी मानसिकता भएका अवसरवादीहरु हतियारका रुपमा प्रयोग हुुन पुगेका छन्, राप्रपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कुनै पनि हालतमा राप्रपा फुटाई छाडने योजनामा सत्तारुढ दलहरु एवं सम्पुर्ण राज्यशक्ति नै प्रयोग हुनु दुर्भाग्यपूर्ण रहेको छ ।’ यस घटनाले अन्ततः पार्टी व्यवस्थालाई नै अस्थिर र कमजोर बनाउने राप्रपाको ठम्म्याई छ ।

राप्रपाले भारतीय क्षेत्रमा बनाईको तटबन्धको कारण प्रत्येक बर्ष सिमाक्षेत्रका धेरै गाँउ बस्तिहरु डुबानमा पर्ने दुःखद अवस्थाको अन्त्य गर्न प्रधानमन्त्रीको आगामि भारत भ्रमणको क्रममा यस बिषयलाई उच्च प्राथमिकतामा राख्न समेत आग्रह गरेको छ ।