तपाइँले समय बचाउनका लागि भन्दै रोटी पकाउने पिठो मुछेर फ्रिजमा राख्ने गर्नु भएको छ ? छ भने यो धार्मिक दृष्टिले राम्रो मानिँदैन । रोटी पकाउने पिठो भिजाएर फ्रिजमा राख्दा घरमा अनिष्ट निम्तिन सक्ने धार्मिक मान्यता छ ।

के हो त कारण ?

रोटी पकाउन तयार पारिएको पिठोको डल्लो पनि श्राद्धमा दिइने पिण्ड जस्तै आकारको हुने हुँदा यसले प्रेत वा पिण्ड नपाएका आत्माहरुलाई आकर्षित गर्ने र यसले घरमा अनिष्ठ हुने धार्मिक विश्वास छ । पिठो फ्रिजमा राख्दा त्यसलाई भक्षण गर्न प्रेतात्माहरु घरमा आउने बताइन्छ ।

ata in fridge

यसो गर्दा उक्त पिठोको डल्लो प्रेतको खाना बन्ने र प्रेतको खाना खानेहरुमा निराशा, रोग, क्रोध तथा चिडचिडेपनको समस्या हुने बताइन्छ । ताजा खानाले भने मन-मस्तिष्क निर्मल र शरीरलाई रोगमुक्त राख्ने मानिन्छ ।

प्राचीन कालमा समेत ऋषि मुनिहरुले ताजा भोजन गर्नु पर्नेमा जोड दिएका छन् । यसले शरीरलाई निरोगी बनाउने हुन्छ । तर पछिल्लो समयमा फ्रिजको प्रचलन बढ्दै गएको छ । फ्रिजले बासी खाना खाने बानी मानिसमा बढाइरहेको छ । बासी भोजनले मानिसमा क्रोध, आलस्य र उन्माद बढाउने आयुर्वेद विज्ञहरु बताउँछन् ।

यी कुराहरुको कुनै बैज्ञानिक आधार भने छैन ।

यो पनि हेर्नुस्

रातिमा खानै नहुने १० खाना

सँगसँगै खानै नहुने १० खाने कुरा