कुशल श्रेष्ठ

कसै-कसैको लागि पीरो खानेकुरा नै राहतको माध्यम हुन्छ भने कसैको लागि पीरोको राहत खोज्दै हिँड्नुपर्ने हुन्छ। मतलब, कसै-कसैले सजिलैसँग पीरो पचाउन सक्छन् भने कसैलाई अधिक पीरोले पेट दुखाउने अनि पेट पोल्ने समस्या ल्याउन सक्छ।

पीरो खाने इच्छा हुँदाहुँदै पनि कतिपय मानिसलाई पेट दुख्ने समस्याले गर्दा खाने हिम्मत गर्न सक्दैनन्। ‘द न्यूयोर्क टाइम्स’मा प्रकाशित एक रिपोर्टको अनुसार, खुर्सानीमा हुने ‘क्याप्सेसिन’ पदार्थले हाम्रो पाचनप्रणालीमा सुधार ल्याउँछ, रक्तसञ्चारमा सहजता ल्याउँदछ भने शरीरको तापक्रम बढाएर खाना पचाउनमा पनि मद्दत गर्दछ। यी तथ्यहरूमा ध्यानमा राख्ने हो भने हाम्रो शरीरको लागि पीरोको अति नै आवश्यकता पर्दछ। तर अपर्याप्त प्रमाण र अपूरो खोजको कारण अझसम्म पीरो खानेकुराले हरेक व्यक्तिमा किन भिन्ना भिन्नै प्रतिक्रिया गर्दछ भन्ने कुरा पत्ता लाग्न सकेको छैन। तथापी, कतिपय अनुसन्धानकर्ताहरूले के अनुमान गरेका छन् भन्दा खुर्सानी फलाउँदा रसायनिक मल प्रयोग गरेको हो कि प्राङ्गारिक मल प्रयोग गरेको हो, त्यसले पेट दुखाउने वा नदुखाउने भन्ने कुरा निर्धारण गर्दछ।Red Chillies

केहि महिना अगाडि भारतीय अनुसन्धानकर्ताहरूले गरेको एक खोजबाट खुर्सानीलाई पीरो बनाउने ‘क्याप्सेसिन’ले क्यान्सरग्रस्त कोषलाई नष्ट गराउन मद्दत गर्दछ भन्ने तथ्य पत्ता लागेको थियो।

पीरोले दुखेको पेटबाट राहत पाउन यस्तो गर्न सकिन्छ:-
  • यदि पीरो तरकारी खाँदा अचानक पेट पोल्न थाल्यो भने चिसो तर चिनी नमिसाएको दूध पिउनुहोस्। उपलब्ध छ भने अलिकति आइसक्रिम खानुभयो भने पनि पेट पोल्नबाट बच्न सकिन्छ।

drinking milk helps to get rid of spicy pain

  • पीरोले पेट दुख्दा कसै-कसैलाई दिसा गर्न मन लागेको जस्तो हुने तर दिसा नआउने हुन्छ, यदि त्यस्तो भएको छ भने सुकेको अदुवाको चिया अथवा पुदिनाको चिया बनाएर पिउनुहोस्। यसले पेट दुखाईबाट आराम प्रदान गर्दछ।
  • फेरि कसै-कसैमा पीरो खानेकुराले तुरुन्तै असर देखाउँदैन, बरु भोलीपल्ट दिसा बस्दा पोल्ने, पेट पोल्ने हुन्छ। यदि यस्तो भएको छ भने दही र केरा मिसाएर लस्सी बनाएर पिउनुहोस्स्याउ, अङ्गूर र खर्बुजा जस्ता शीतलता प्रदान गर्ने फलफूल खाँदा पनि त्यस्तो दुखाईबाट राहत पाउन सकिन्छ।
(खुर्सानी किन पीरो हुन्छ? पीरोपना हटाउन के गर्नुपर्छ?)
के भयो भने खतरनाक मानिन्छ?

यदि पीरो खानेकुरा खाएको ३/४ दिनसम्म पनि पेट पोल्ने समस्यामा कमि आएन भने अथवा जतिचोटि पीरो खायो उति नै पेट दुख्ने समस्या आउँछ भने त्यो अल्सरको सङ्केत हुन सक्छ। कतिपयले यो बुझेका हुन्छन् कि पीरोले अल्सर गराउँछ, तर यो गलत धारणा हो, पीरोले कहिल्यै अल्सर गराउँदैन, बरु पहिल्यै भएको अल्सरलाई पीरोमा हुने क्यापसेसिनले असर गर्दछ। त्यसैले यदि तपाईँलाई अल्सर छ भने पीरो खानु घातक हुन्छ, किनकी यसले अल्सरलाई सुन्नाएर रक्तस्राव पनि गराउन सक्दछ।Stomach Pain from Spicy food

यदि यस्तो अवस्थाको सिर्जना भएको छ भने तुरुन्तै अस्पताल गएर चिकित्सकीय पद्दती अपनाउन ढिला नगर्नुहोला।

(खुर्सानीलाई पीरो गराउने तत्वले क्यान्सरलाई निर्मुल पार्न सक्ने वैज्ञानिकको अनुमान)
यो पनि हेर्नुहोस्-
ग्यास्ट्रिक र एसिडिटी एउटै होइन र? यसका घरेलु रोकथामका उपायहरू के-के छन्?
धेरै खाँदा तौल बढ्ने चिन्ता लाग्छ? त्यसो भए ढुक्कले खानुस् यी १० खानेकुरा…
खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ?
आफ्नो रक्तसमूह अनुसार खानेबानीले स्वस्थ हुन्छ शरीर, यसरी छान्नुहोस् उपयुक्त खाना…