२७ पुस, एजेन्सी । जतिजति सपथ ग्रहणको दिन नजिकिदै छ, त्यतित्यति अमेरिकी नवनिर्वाचित राष्ट्रपतिका मुस्किल बढ्दै गएका छन् । अहिले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सेक्स भिडिओ’ रूससंग भएको हल्ला चलेको छ । donald-tramp

अमेरिकी जासुसी संस्थाले पत्ता लगाएको यो कुरा स्वयं ट्रम्पलाई पनि जानकारी दिएको बताइएको छ । ट्रम्पले भने यो समाचारलाई झूठ भएको बताएका छन् । अमेरिकी जासुसी संस्थालाई बेलायती जासुसी संस्थाले यसको प्रमाण दिएको बताइएको ।

‘रूसी जासुसले आफूहरूसंग ट्रम्पको आश्चार्यजनक जानकारी छ । यसमा उनको एउटा गोप्य भिडिओ पनि रहेको छ र यही देखाएर ट्रम्पलाई ब्ल्याकमेलिङ गरिन्छ’ भनेको ती अमेरिकी जासुरले भनेका छन् । यो भिडिओ मस्कोको एक होटलको भएको बताइएको छ जहाँ वर्तमान राष्ट्रपति वाराक ओवामा सुतेका थिए । सो होटलको सोही बेडमा ट्रम्पले केही वेश्याहरूसंग शरीरिक गतिविधि गरिरहेको सो भिडिओमा प्रष्ट देख्न सकिने बताइएको छ ।

रूसले यही भिडिओ देखाएर ट्रम्पसंग कयौं सम्झौतासमेत गरिसकेको बताइएको छ । ट्रम्पले झूठ भने पनि यो खबर अमेरिकालगायत संसारमै हावा जसरी फैलिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।