अहिलेको समयमा पनि भाग्य र दुर्भाग्यको कुरा चलिरहेको हुन्छ । कुनै पनि व्यक्तिको भाग्य वा दुर्भाग्य उसको वर्तमान परिस्थितिलाई हेरेर बुझ्ने गरिन्छ । चाणक्य नीतिमा यस्ता तीन परिस्थितिहरुका बारेमा बताइएको छ, जुन पुरुषको दुर्भाग्यको संकेत गर्छ ।

पहिलो – कुनै वृद्ध व्यक्तिको मृत्यु हुनु उसको ठूलो दुर्भाग्य बताइएको छ । यदि केही जवानीमै साथीको साथ छुटेमा पुरुषले दोस्रो विवाह गर्न सक्छन् । तर, बुढेसकालमा यो सम्भव हुँदैन । बुढेसकालमा आफ्नो जीवन–साथी साथ हुनु एकदमै महत्वपूर्ण हुन्छ, किनकि यस समय सबैभन्दा बढी एक्लोपन, निराशा तथा मानसिक तनाव बढ्छ ।

दोस्रो – यदि पैसा कुनै शत्रु वा नराम्रो स्वाभाव भएका व्यक्तिको हातमा परेमा यो दुर्भाग्य मानिन्छ । यदि कुनै पुरुषले आफ्ने मेहेनतको कमाई शत्रु अथवा नराम्रो स्वाभाव भएका व्यक्तिको हातमा परेमा दोहोरो चिन्ता तथा समस्या सामना गर्नुपर्ने हुन्छ । एक त धन हानी हु्ने, अर्कोतर्फ शत्रुले हाम्रै पैसाको उपयोग हाम्रो विरुद्ध गर्छ ।

तेस्रो – पुरुषका लागि दुर्भाग्यको तेस्रो कुरा गुलामी गर्नु । अरुको घरमा नोकर भएर वा गुलाम बनेर रहेमा, आफ्नो इच्छाले कुनै पनि काम गर्न अर्कोको अनुमति लिनुपर्ने हुन्छ ।