कुशल श्रेष्ठ

पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु रोकथामका विधिहरूमा तेलले मालिस गर्ने साथै नरीवलको तेल, अण्डा, अवोकाडो, सुन्तलाको जुस, घ्यूकुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग पर्दछन्। साथै, फलमासु खान छोड्ने, गेडागुडी र खैरो भात खाने अनि भिटामिन बी-कम्प्लेक्स खाने गर्दा पनि पुरुषहरूमा कपाल झर्ने समस्यामा कम हुने गर्दछ।

जस्तोसुकै संस्कृति, वर्ग, राष्ट्रियता, धर्म वा रङ्गको व्यक्ति भएपनि विश्वका लाखौँ पुरुषहरूको उमेर ढल्किँदै गएपछि उनीहरूमा आउने एउटै समस्या भनेको कपाल झरेर तालु खुइलिने नै हो। फेरि त्यहिँ यस्ता भाग्यमानी पुरुषहरू पनि छन् जसले ७०/८० वर्ष पुगिसक्दा पनि कपाल झर्ने समस्या भोग्नुपर्दैन। तर, अधिकांश पुरुषहरूको भने ४० वा ५० वर्षको उमेरबाटै, अझ कत्तिको त २०/२५ वर्षको उमेरबाटै कपाल झर्न थालिसकेको हुन्छ।HairLoss

पुरुषहरूमा कपाल झर्ने समस्याका कारण अनेकौँ हुन सक्छन्- मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको सङ्क्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी अथवा हरमोनमा असन्तुलन हुँदा पनि कपाल झर्ने समस्या आउन सक्छ। साथै, तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि पुरुषहरूको कपाल झर्न सक्छ।

यो कुरा भन्नु महत्वपूर्ण हुन आउँछ कि महिलाहरूमा पनि यस्तै कारण अथवा भिन्नै कारणले गर्दा कपाल झर्ने समस्या आउने हुन्छ। तर यस्तो समस्याले अधिकांश मात्रामा पुरुषहरूलाई बढि सताएको पाइएको छ।

तथापी, कपाल के कारणले गर्दा झर्छ भनेर हामीलाई थाहा छ भने त्यसलाई कसरी रोकथाम गर्ने भनेर पनि सजिलै बुझ्न सक्छौँ। कपाल झर्नुको अक्सर कारण भनेको अन्य केहि कुराको साइडइफेक्ट हो। त्यसैले यदि तपाईँले त्यो आधारभूत समस्यालाई समाधान गर्न सक्नुभयो भने कपाल झर्ने समस्या आफै समाधान हुन सक्छ।

पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु रोकथामका विधिहरूः

१. तालुको मसाज

विश्वभरी नै अधिकांश अपनाइने साझा उपाय भनेकै ‘तालुको मसाज’ गर्नु हो। किनभने पुरुषको कपाल झर्नुको मूख्य कारण मध्ये तालुको भागमा राम्रोसँग रक्तसञ्चार नहुनु हो। रगतले कपालका जराहरूलाई चाहिने अक्सिजन बोकेको हुन्छ, जसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्दछ। तसर्थ, नियमित तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँदछ र कपाललाई चाहिने अक्सिजनको पनि सञ्चार हुन्छ।

२. नरीवलको पानी

नरीवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्वहरू पाइन्छन्, जसले तपाईँको कपाललाई हुर्काउन र उमार्न मद्दत गर्दछ। साथै, यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँदछ। नरीवलको तेल वा नरीवल पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ। साथै नरीवलको पानी दिनहुँ पिउँदा कपालको साथसाथै शरीरलाई पनि स्वस्थ राख्दछ।

तर, यदि तपाईँलाई नरीवलको पानी अथवा तेलको एलर्जी छ भने यसलाई प्रयोग नगर्दै उचित हुन्छ, किनभने कपाललाई जोगाउने अरू पनि उपायहरू छन्।

३. अण्डा

यस्ता कैयौँ खानेकुराहरू छन् जसलाई खाँदा तपाईँको कपाललाई मजबुत र स्वस्थ बनाउँदछ। तर यस्ता खानेकुराहरू पनि छन् जसलाई कपालमा लगाउन पनि मिल्छ। उदाहरणको लागि- अण्डामा प्रशस्त प्रोटिन पाइन्छ, जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्दछ। एउटा अण्डालाई मज्जाले फेटेर पेस्ट बनाई नियमित कपाल अथवा तालुमा लगाउनुहोस् र केहि मिनेटसम्म त्यत्तिकै राखेर पखाल्नुहोस्। कपाललाई बाक्लो र चम्किलो बनाउने यो राम्रो उपाय हो।

४. एण्टिअक्सिडेन्ट

केहि फलफूल तथा सागसब्जीहरूमा प्रशस्त मात्रामा ‘एण्टिअक्सिडेन्ट’ पाइन्छ। एण्टिअक्सिडेन्ट यस्तो तत्व हो जसले शरीरलाई ‘मुक्त कण’ (Free Radicals) बाट बचाउँदछ। यस्ता मुक्त कणहरूले मानिसलाई चाँडै बूढो बनाउने, छालाका कोषहरूलाई मार्ने, अनि तालु खुइल्याउने समस्या ल्याउँदछ। तसर्थ, फलफूल तथा सागसब्जी (केरा, अवोकाडो, सुन्तलाको जुस, कागतीको जुस, मह, आदि) जसमा प्रशस्त एण्टिअक्सिडेन्ट पाइन्छ, यसलाई कपालमा लगाउँदा अथवा नियमित सेवन गर्दा कपाल झर्नबाट रोक्दछ र बिस्तारै कपाल हुर्कँदै जान्छ।

५. मरिच

१ गिलास दहीमा २/३ चम्चा (कपालको झर्ने दर अनुसार) कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दरमा कमि हुँदै जान्छ। यसरी लगाएको केहि मिनेटपछि नरम स्याम्पूले पखाल्नुहोस्।

७. रातो फलमासु खान कम गर्नुहोस्

हाम्रो छालामा एउटा सानो ग्रन्थि हुन्छ जसलाई ‘सबासियस ग्रन्थि’ भनिन्छ। यस ग्रन्थिले कपालमा चिल्लोपना ल्याउनको लागि ‘सेबम’ नामक चिल्लो पदार्थ पैदा गराउँदछ।

यसरी पैदा भएको सेबमको मात्रा अत्याधिक हुन गएमा कपालको जरा र कपाल पलाउने प्वालमा टाँस्सिन जान्छ र कपाल उम्रनबाट रोक्दछ। फेरि अनुसन्धानबाट के देखिएको छ भन्दा, जनावरको मासु खाँदा हाम्रो शरीरमा यस्तो सेबमको पैदा हुने मात्रा बढ्दछ।

त्यसैले रातो फल मासु खान कम गरेमा सेबमको मात्रा घट्दछ र कुनै बाधा बिना नै कपाल पलाउँदछ।

८. बायोटिन

‘बायोटिन’ भनेको एक किसिमको फाइदाजनक ब्याक्टेरिया हो, जुन हाम्रो पेटमा पाइन्छ र यसले कपाल उमार्नमा महत्वपूर्ण भूमीका खेलको हुन्छ। त्यसैले, यस्ता बायोटिन पाइने खानेकुराहरू जस्तै; गेडागुडी तथा खैरो भात नियमित खाँदा पनि हाम्रो कपाल झर्ने समस्यामा कमि हुँदै जान्छ।Home Remedies for Male HairLoss

यो पनि हेर्नुहोस्-
दम रोगको घरेलु रोकथामका उपाय
दूध चिया ठीक कि कालो चिया?
एच.आइ.भी. एड्सको उपचारविधी र औषधी
रक्तचाप घटाउन दैनिक खानैपर्ने ५ खानेकुरा
पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ