डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ । साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको समाधानका लागी केहि घरेलु उपचार पनि छ। यदि घरेलु उपचार विधिले काम गरेन भने हेयर एक्सपर्टको सल्लाह लिनुपर्दछ । जान्नुहोस्, कपाल झर्न नदिने १० घरेलु यस्ता छन् ।

१. नरिवलको दुध र अमला- नियमित रुपमा १ चम्चा काचो नरिवलको दुध, १ चम्चा अमलाको रस र कागती मिसाएर ५ मिनेट जति तालुमा मसाज गर्नुस् । मसाज गरेको २० मिनेट पछि कपाल धुनुस् । यसले रौँलाई पोषण दिन्छ र कपाल झर्नबाट रोक्दछ ।

२. मेथि र नरिवलको तेल- २ चम्चा नरिवलको तेलमा १ चम्मा मेथीको लेदो मिसाएर हल्का आगोमा तताउनुस् । सेलाएपछि कपालको जरामा १० मिनेट, मसाज गरेर २० मिनेट पछि धुनाले कपाल झर्ने कम हुन्छ । यो विधि हप्तामा २- ३ पटकसम्म गर्नुपर्दछ ।

३. मेहेन्दीको पात -८ /१० वटा मेहेन्दीको पातलाई ३ चम्मा तोरिको तेलमा उमालेर कपालमा कपालमा लगाउनुस् । यसले रौ झर्न दिदैन र  रौ उमार्नमा मद्दत गर्दछ । यो विधि हप्तामा २-३ पटकसम्म गर्नुस्।

४. दहि र बेसन – २ देखि ४ चम्चा दहिमा बेसनको पाउडर मिसाएर कपालमा लगाउनुस् । ३० मिनेट पछि कपाल धुनुस् । दिनमा २ पटक यसो गर्नाले रौ झर्न चाडै कम हुन्छ ।

५. मह र ओलीभ तेल – २ चम्चा महमा ३ चम्चा जैतुनको तेल मिसाएर लगाई ३० पछि कपाल धुनुस् । हप्तामा २- ३ पटक यो विधि अपनाउनुनाले कपाल झर्न कम हुदै जान्छ ।

६. प्याजको रस र मह एक एक चम्चा मह र प्याजको रस मिसाएर नियमित तालुको मसाज गर्नाले कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

७. अण्डा र ओलीभ तेल -हप्तामा २ /३ पटक अण्डा र ओलिभ तेल लगाउनाले कपाल झर्न रोक्छ । एउटा अण्डामा २- ३ चमच ओलीभ तेल मिसाएर ३० मिनेट जति कपालमा लगाउनुस् । त्यसपछि स्याम्पुले कपाल धुनुस् ।

८. अण्डा र कागती -अण्डामा कागती मिसाएर लगाउनाले पनि कपाल झर्नबाट रोकी नयाँ कपाल उमार्नमा सहयोग गर्दछ ।