खानामा आवश्यक मात्रामा भिटामिन तथा मिनरलयुक्त खाना समावेश नगर्नाले तथा अत्याधिक शारीरिक क्रियाकलापको कारण शरिरको तौल बढ्न पाउदैन । यदि खानपानमा नियमित ध्यान दिने हो भने दुव्लोपनबाट छुटकारा पाउन सकिन्छ ।
१. प्रोटिनयुक्त खाना -पुरुषले दिनभर १ दशमलब ५० ग्राम प्रति केजीका दरले प्रोटिनयुक्त खाना खानुस् । ६० केजी तौल बराबर   ९० ग्राम प्रोटिन आवश्यक पर्दछ । राजमा, दुध, बदाम चिकेन र अण्डाबाट प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।
२. कार्वोहाइड्रेययुक्त खाना -पुरुषले एकदिनको खानामा २२५ ग्राम देखि ३२५ ग्राम कार्वोहाइड्रेड सामेल गर्नुस् । रोटी, भात, मकै तथा एकदलिय दालबाट कार्वोहाइड्रेड प्राप्त हुन्छ ।
३. घिउ र तेल -खानामा हरेक दिन कम्तीमा १० देखि १२ चमच घिउ तथा तेलको प्रयोग गर्नुपर्दछ ।
४. फलफुल -रसिला फलफुलको सट्टा केरा, आप, मेवालगायतका फलफुल धेरै खानुस् ।
५. खानामा नियमित रुपमा एक चम्चा मह र एक गिलास दुधलाई मिसाएर खानाले तौल बढ्दै जान्छ ।

६. तौल बढाउनको लागि नियमित दैनिक ३० मिनेटसम्मको हिडाई अन्य शारिरिक व्यायाम पनि आवश्यक हुन्छ ।